• ८ मंसिर २०८१, शनिबार

कृषक अघिअघि, अनुसन्धान पछिपछि....

blog

धनकुटा (हिले), जेठ ३१ गते । कुनैपनि फलफूलको खेती गर्न सरकारको आधिकारिक निकायले अनुसन्धान गरेर उपयुक्त ठहर्याएपछि मात्र राम्रो मानिन्छ । तर नेपालमा केही बाहेक अधिकाशं फलफूल पहिले कृषकले उत्पादन सुरु गर्छन् । अनि मात्र सरकारी निकायले अनुसन्धान सुरु गर्ने गरेको पाइन्छ  ।   

पूर्वी पहाडमा अमिलो जातको फलफलको खेती सुरु भएको झण्डै डेड दशक बितेको छ । सरकारी अनुसन्धान र सिफारिस बिनाकै स्थानीय जातका कागती जुनार र सुन्तलाको खेती हुँदै आएको थियो । उत्पादनको लामो समय बितेपछि गतवर्ष मात्र धनकुटास्थित राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारीपात्लेले दुई सुन्तला र दुइ कागती उन्मोचन गर्न सफल भयो । तर धनकुटा जिल्ला नेपालमै सुन्तला, जुनार, कागती, निबुवा, किबी, एभोकाडो फल उत्पादनमा अब्बल जिल्लाको रुपमा चिनिन थालिसकेको छ । 

नेपालमा यसको खेती उपयुक्त हो वा हैन भन्ने सम्म पनि निर्क्याेल हुन सकेको छैन । नेपालका एभोकाडोको खेती बढ्दो छ । खेतीसँगै समस्यासमेत सुरु भएको छ।

अमिलो जातका अन्य धेरै आगन्तुक जात अनुसन्धानकै क्रममा छन् । जनु कृषकका बगैचाँमा भने फल्न थालिसकेका छन् । इलाम हुँदै नेपाल भित्रिएको आगन्तुक फल किबी र धनकुटा हुँदै भित्रिएको एभोकाडोको ब्यावसायिक उत्पादन सुरु भएको पनि करिब एक दशक पुगिसकेको छ । कृषकले आफ्नै मेहनतले किबी र एभोकाडो लटरम्मै फलाउँदा समेत सरकारी निकायबाट कुनैपनी जात सिफारिस हुन सकेको छैन । किबी र एभोकाडो अनुसन्धानको जिम्मा धनकुटाको पाख्रिवासस्थित कृषि अनुसन्धान केन्द्रले पाएको छ । बिगत छ वर्ष यता यी फलको अनुसन्धान भइरहेका केन्द्रले जनाएको छ । कृषि अनुसन्धान केन्द्र पाख्रीबासका प्रमुख  गोबिन्द तिम्सिना का अनुसार नेपालमा के रोप्दा राम्रो के रोप्दा नराम्रो भन्ने अध्ययन गर्ने परिपाटी नै नभएको तथा त्यसको लागि  बजेट नै नछुटिने अनि खुल्ला सिमानाको कारण विदेशमा कृषकले जे देख्छ त्यही ल्याएर यहाँ खेती गर्छ अनि जब त्यसमा समस्या आउँछ अनि मात्र सरकारले त्यसको अनुसन्धानको लागि पैसा पठाउने गर्नाले समयमै काम गर्न नसकिएको उहाँले बताउनुभयो ।      

तर अहिलेसम्म उपलब्धि प्रायः शून्य छ । नेपालमा यसको खेती उपयुक्त हो वा हैन भन्ने सम्म पनि निर्क्याेल हुन सकेको छैन । नेपालका एभोकाडोको खेती बढ्दो छ । खेतीसँगै समस्यासमेत सुरु भएको छ । एभोकाडोमा बर्षेनी झुसिलकीराको समस्या लेखिने गरेको छ तर यसलाइ कसरी ब्यवस्थापन गर्ने भन्ने कुरामा किसान बेखबर छन् । बर्षेनी फल लाग्ने सिजनमा झुसिलकिराले सताउने गरेको छ तर यसको निराकरणको बारेमा कुनै ज्ञान नै नभएको धनकुटा नगरपालिका वडा नम्बर–३ का एभोकाडो कृषक खेम थापा बताउनुहुन्छ । त्यसो त धनकुटामा अमिलोजातका बगान मासिने क्रम बढ्दो छ । तर कृषकले लगाएको बगान मासिनै लाग्दा समेत यता अनुसन्धान भने पूरा हुन सकेको छैन ।

धनकुटा जिल्ला नेपालमै सुन्तला, जुनार, कागती, निबुवा, किबी, एभोकाडो फल उत्पादनमा अब्बल जिल्लाको रुपमा चिनिन्छ ।

कृषिमा अब्बल ठहरिए पनि सरकारी निकायले अनुसन्धान पुरा गरी जात सिफारिस गरेपछि मात्र कृषकले खेती सुरु गर्छन । तर नेपालमा भने अधिकांश फलफूलको कषकले  फलाउन थालेपछि मात्र सरकारी निकायबाट अनुसन्धान हुने गरेको छ । जसको उदाहारण अमिलोजात फलफूल, एभोकाडो किबी आदी हुन् । जसका कारण पछिल्लो समय कृषकले बिभिन्न समस्या भोग्नु परको कृषि अभियानता जीवन राइको गुनासो छ । सम्बन्धित निकायले अनुसन्धानमा चासो नदिएको उहाँले दुःखेसो पोख्नुभयो । स्थानीय तह अनुसन्धान गर्न सक्ने अवस्थामा छैनन् प्रदेश र केन्द्र सरकारको अनुसन्धान गर्नतर्फ खासै ध्यान नपुगेको उहाँ भन्नुहन्छ ।

अमिलो जात लगायत किबी र एभोकाडो त उदाहारण मात्र हुन् । यी बाहेक अधिकांश फलफूल कृषकले आम्दानी लिन थालेपछि मात्र अनुसन्धान सुरु हुने गरेको किसानहरुको भनाइ छ । पुराना स्थानीय जातका फलफूल लोप हुँदै जाँदा कृषक नयाँ फलफूलको खोजी गर्न बाध्य छन् । तर सरकारी निकायले अध्ययन अनुसन्धानमा चासो नदिँदा कृषक आफैँ जोखिम मोलेर परीक्षण खेती गर्न बाध्य छन् ।

Author
कविराज घिमिरे

उहाँ धनकुटा हिलेबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।