• २१ जेठ २०८२, बुधबार

अमेरिकन राजदूतावासलाई फुटसल उपाधि

blog

उपाधि विजेता टोली ।

काठमाडौँ, जेठ १९ गते । प्रथम डिप्लोम्याटिक कप फुटसलको उपाधि अमेरिकन राजदूतावासले जितेको छ । 

बालुवाटारस्थित ढुकु फुटसल हबमा सम्पन्न फाइनलमा अमेरिकन राजदूतावासले सार्क सचिवालय टोलीलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले हराउँदै उपाधि जितेको हो ।

निर्धारितको खेल ४–४ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । यसअघि सेमिफाइनलमा अमेरिकन राजदूतावासले भारतीय राजदूतावासलाई २–१ तथा सार्क सचिवालयले आयोजका परराष्ट्र मन्त्रालयको ‘बी’ टोलीलाई ५–० गोलले हराएको थियो । 

प्रतियोगितामा उपविजेता सार्क सचिवालयका अब्दुल्लाह नजिम सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । आयोजक परराष्ट्र मन्त्रालयको ‘बी’ का शिव बानियाँ सर्वाधिक गोलकर्ता तथा च्याम्पियन अमेरिकन राजदूतावासका नवराज उत्कृष्ट गोलरक्षक बन्नुभयो । प्रतियोगितामा आयोजक परराष्ट्र मन्त्रालयको दुईसहित १३ टोलीले प्रतिस्पर्धा गरेका थिए ।