काठमाडौँ, जेठ १९ गते । हङकङ र लाओसविरुद्ध खेल्ने नेपाली पुरुष फुटबल टोलीको बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार खेलाडीको बिदाइ गरेको हो । नेपालले जुन ५ तारिख हङकङसँग मेत्रीपूर्ण खेल खेल्ने छ । त्यसपछि नेपालले जुन १० तारिख लाओससँग एएफसी एसियन कप छनोट खेल्ने छ ।
नेपालले हङकङसँगको खेललाई लाओससँग खेल्ने रणनितिक तयारीको रूपमा लिएको छ । दुवै खेलका लाथि नेपालका मुख्य प्रशिक्षक म्याट रोसले यसअघिनै किरणकुमार चेम्जोङको कप्तानीमा २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसक्नुभएको छ ।
नेपाली टोलीलाई सोमबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलगायतले बिदाइ गर्नुभयो । नेपाली टोली मङ्गलबार हङकङ जाने छ । हङकङमा खेलेपछि उतैबाट लाओस प्रस्थान जाने छ ।
नेपाली टोली
किरणकुमार चेम्जोङ (कप्तान), रोहित चन्द, जिलेस्पिजङ्ग कार्की, अनन्त तामाङ, अञ्जन विष्ट, अभिषेक लिम्बू, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, दीप कार्की, कृतिशरत्न छिन्जु, कुशल देउवा, मणिकुमार लामा, विशाल सुनार, मनीष डाँगी, लाकेन लिम्बू, रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुवास बम ठकुरी, योगेश गुरुङ र सुमीत श्रेष्ठ ।