बोमलाल गिरी
नवलपुर, जेठ १९ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती–१६ चालिस किलोमामा मोटससाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । सोमबार बिहान चोरमाराबाट रजहरतर्फ जाँदै गरेको ग.प्र. ०४–००१ प १३०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा कावासोती–१७ का १९ वर्षीय विशाल चौधरी, देवचुली नगरपालिका–१६ शान्तिटोलका १९ वर्षीय मनिष महतो र सोही ठाउँका १८ वर्षीय रोहित थनेत घाइते हुनुभएको छ ।
तीनै जना एउटै मोटर साइकलमा सवार रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।