काठमाडौँ, जेठ १८ गते। वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई दुई दशकदेखि परामर्श सेवा प्रदान गर्दै आएको कंगारु एजुकेसन फाउन्डेसनले आफ्नै भवनबाट सेवा दिन थालेको छ।
उक्त संस्थाले बागबजारमा बनेको भवनबाट सेवा सुरु गरेको हो।कंगारुले यस भवनलाई पर्पल हाउसबाट नामाकरण गरेको छ।फाउण्डेशनले स्थापनाको १९ औँ वर्षपछि आफ्नो भवनबाट सेवा दिन थालेको हो।कंगारु वैदेशिक अध्ययनको क्षेत्रमा विश्वसनीय र भरपर्दो परामर्श सेवा दिने संस्थाको रुपमा परिचित छ।
पर्पल हाउसबाट सेवा प्रवाह सुरु गरेको अवसरमा फाउन्डेसनले हालै ‘कंगारु फ्रेसर फेस्ट’ नामको मेला आयोजना गरेको थियो।फेस्टमा अस्ट्रेलिया, न्यूजीलेण्ड, अमेरिका, क्यानडा र बेलायतका प्रतिष्ठीत विश्वविद्यालय, सरकारी तथा निजी क्याम्पसका प्रतिनिधिहरुको सहभागीता रहेको फाउण्डेसनले जनाएको छ।
मेलामार्फत विद्यार्थीलाई उनीहरुले पढ्न चाहेको विषयमा सम्बन्धित शैक्षिक सस्थाका प्रतिनिधिमार्फत परामर्श प्रदान गरिएको थियो।सो अवसरमा विद्यार्थीले विश्वविद्यालय तथा कलेजका प्रतिनिधिबाट कलेजले प्रदान गर्ने शैक्षिक कार्यक्रम, त्यहाँको भौतिक पूर्वाधार, अध्ययनको समाप्ति पश्चात रोजगारीको अवसर, शुल्क तथा छात्रवृत्ति लगायतका विषयमा जानकारी लिएका थिए ।
फाउण्डेसनका प्रमुख कार्यकारी निर्देशक महेशबाबु तिमल्सिनाका अनुसार कक्षा १२ को परीक्षा दिएका तथा पढाई सकेर बसेका विद्यार्थीलाई लक्षित गरेर उक्त मेला आयोजना गरिएको हो।मेलामार्फत विश्वविद्यालय तथा कलेजका प्रतिनिधिलाई नै भेटेर परामर्श लिन पाउँदा विद्यार्थीहरु प्रशन्न भएको तिमल्सिनाले बताउनुभयो।