डोल्पा, जेठ १८ गते । डोल्पाको ठूलीभेरी नगरपालिका ६ मा पर्ने रुप पाटनमा यार्सागुम्बा सङ्कलन गर्न आएका सर्वसाधारणले बाघडाँडा, ओपा र तरपरे भन्ने ठाउँमा बस्नका लागि बनाएको परम्परागत ढुङ्गेगोठ र त्रिपालका अस्थायी आवास ।
काँडाताली, थरगाउँ, दुरगाउँ, माँझफालका स्थानीयवासी यार्सागुम्बा सङकलनबाट राम्रो आम्दानी हुने आशाले घरमा ताला लगाएर एक महिनासम्मका लागि वृद्धवृद्वादेखि युवा,बालबालिका र पशुवस्तुसम्म लिएर रुप पाटन आउने गर्छन् । तस्बिरः रासस