गुणबहादुर रोका
सुलीकोट, जेठ १६ गते । जिल्लाको गोरखा नगरपालिका–६ को पोखरीथोकमा रहेको ऐतिहासिक बिसे नगर्ची पार्क संरक्षणको पर्खाइमा रहेको छ । बाईचे चौबिसे राज्यहरुलाई एकीकरण गर्ने क्रममा पृथ्बीनारायण शाहका आर्थिक सल्लाहकार बिसे नगर्चीको नाममा रहेको बिसे नगर्ची पार्क संरक्षणको पर्खाइमा रहेको हो ।
तत्कालिन बाइसे चौबिसे राज्यहरुलाई एउटै मालामा गास्दै सिङ्गो राज्य बनाउन तत्कालिन बडामहाराजधिराज पृथ्बी नारायाण शाहका प्रमुख सल्लाहकार मध्ये बिसे नगर्र्ची नेपालको एकिकरण अभियानका महत्वपुर्ण पात्र रहेको इतिहासका पानाहरुमा स्वर्णिम अक्षरहरुले लेखिएका छन् ।
बिसे नगर्ची गोरखा राज्यका नगर्ची भएको र राजा पृथ्बीनारायण शाहको आर्थिक, सैन्य र सांस्कृतिक दृष्टिले महत्पपूर्ण योगदान दिने व्यक्ति भएकाले पनि गोरखाको पोखरीथोकमा उहाँको शालिक र पार्क निर्माण गरिएको गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिनुभयो ।
उहाँका अनुसार युद्धका बेला गोरखा राज्यले नुवाकोटसँग पराजित भएपछि पृथ्बीनारायण शाहलाई युद्धका लागि आवश्यक हातहतियार जुटाउन कठिनाई भइरहेको बेला बिसे नगर्चीले गोरखा राज्यका प्रत्येक घर धुरीबाट एक एक रुपियाँ सङ्कलन गर्ने प्रस्ताव गरी सङ्कलित रकमबाट काशीबाट हतियार र बारुद ल्याउने व्यवस्था गरी एकीकरण अभियानलाई गति दिने काम गरेका इतिहासमा उल्लेख छ।
बिसे नगर्चीको योगदानलाई सम्मान गर्दै गोरखा नगरपालिकाले गोरखाको पोखरीथोकमा पार्क र शालिक निर्माण गरेपनि बिशे नगर्ची पार्क संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ । जसको सरसल्लाहले एकीकरण अभियानलाई आर्थिक सांस्कृतिक र सैनिक दृष्टिले सशक्त बनायो तथा जसको परिश्रम र समर्पणले इतिहासमा अमिट छाप छोड्यो उसकै नामको पार्क संरक्षण हुन नसक्दा बिसे नगर्चीको अपमान महसुस भएको बिसे नगर्ची संरक्षण समितिका अध्यक्ष रमेश परियारले बताउनुभयो ।
बिसे नगर्चीका योगदानका प्रमाणहरु उहाँका सन्तानसँग सुरक्षित र ताम्रापत्र तथा ऐतिहासिक कागतजातहरुमा पाइन्छ । उहाँका सन्तानहरु गोरखा जिल्लाको माझकोटमा बसोबास गर्दै आएका छन् भने अहिलेसम्म गोरखा दरबारमा परिवारले परम्परागत बाजा बजाउने कार्यलाई निरनतरता दिइरहेका छन्।
त्यस ठाउँलाई जिल्लाकै पर्यटकिय गन्त्वबयको रुपमा विकास गर्नुपर्छ भन्ने उद्येश्यका साथ केहि युवाहरु दिन रात नभनी लागेपनि बजेट अभाबले बिसे नगर्ची पार्कमा झार उम्रनुका साथै नगर्चीपार्क भौतिक संरचनाले पूर्णता नपाउदाँ प्रचारप्रसार गर्न नसकिएको स्थानिय शिब शंकर परियारको भनाइ छ ।
बिसे नगर्ची पार्कलाई पर्यटकिय गन्बयको रुपमा विकास गर्नका लागि वडा कार्यालय र नगरपालिकाको कार्यालयको बजेटले केहि मात्रामा सुधार गरेतापनि पूर्ण रुपमा विकास गर्न नसकेको गोरखा नगरपालिकाको कार्याललयले जनाएको छ ।
त्यस ठाउँलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न गोरखा नगरपालिकाले पहल कदमी लिएको नगरप्रमुख रानाको भनाइ छ । त्यस ठाउँलाई संरक्षण तथा विकासको लागि प्रदेश सरकार र संघिय सरकार संग बिशेष पहल भइरहेको नगरपालिकाले जनाएको छ ।