अविनाश चौधरी
धनगढी, जेठ १३ गते। अवैध रुपमा भित्र्याइएको चाँदीको गहनासहित एक भारतीय नागरिकलाई कैलाली प्रहरीले पक्राउ गरेको छ।
भारतको सुडा घर भएका ३२ वर्षीय हरिलाल रानालाई पक्राउ गरिएको हो। प्रहरीले उनको साथबाट छ लाख ३४ हजार मूल्य बराबरको तीन केजी ३७० ग्राम चाँदीका गरगहना बरामद गरेको छ।
धनगढी उपमहानगरपालिका–१० सिमलघाटमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो।
अवैध गहनासहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।