• १५ जेठ २०८२, बिहिबार

मानव अधिकारप्रति सचेत हुनु जरुरी छ : प्रदेश प्रमुख भट्ट

blog

राष्ट्रिय मानव अधिकार आयोगको २५ औं वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै प्रदेश प्रमुख डिल्लीराज भट्ट

रमेश पौडेल

पोखरा, जेठ १३ गते। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सबैजना मानव अधिकारप्रति सचेत र जिम्मेवार हुन जरुरी रहेको बताउनुभएको छ।

राष्ट्रिय मानव अधिकार आयोगको २५ औं वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख भट्टले भन्नुभयो, ‘‘मानव अधिकारको सवालमा आफू सचेत भएर अरूको सम्मान गर्दै सदा जिम्मेवार हुनुपर्दछ।’’ 

विधिको शासन लोकतन्त्र र मानव अधिकारको मेरुदण्ड हो भन्दै उहाँले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक रहेको बताउनुभयो। मुलुकमा सुशासन र विकासका लागि यस्ता संस्थाको सम्वद्र्धन जरूरी रहेको उहाँको भनाइ थियो।

प्रदेश प्रमुख भट्टले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन् भएनभएको बारे ख्याल गर्न जरुरी रहेको भन्दै सबैले जिम्मेवारीपूर्वक आफ्नो हक प्रयोग गरे मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण हुने उल्लेख गर्नुभयो। 

उहाँले मुलुकमा मानव अधिकार संस्कृतिको विकास गर्नमा आयोगले आफ्नो स्थापनाकालदेखि नै मानव अधिकारका सवालमा निरन्तर अनुगमन गरी प्राप्त सुझावबाट नेपाल सरकारलाई मानव अधिकार संरक्षण गर्न थप मद्दत पु¥याएको उल्लेख गर्नुभयो।

उहाँले राजनीतिक संरक्षण तथा दण्डहीनताको संस्कृतिले मानव अधिकारको सिद्धान्तलाई उपेक्षा गर्ने हुनाले यसतर्फ सबैपक्ष सचेत बन्नुपर्ने बताउनुभयो।