तनहुँ, जेठ १३ गते। तनहुँको जम्मादेवी प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो लुगा र खेल सामाग्री वितरण गरिएको छ।
लायन्स क्लब अफ काठमाडौँ, इन्द्रायणी खुसिबुले सो विद्यायलमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्रीलगायत न्यानो कपडा वितरण गरेको हो। विद्यालयका विद्यार्थीमध्ये अधिकांश आदिवासी समुदायका रहेको र अति न्यून आय भएका छन्।
विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा लायन्स क्लब इन्द्रायणीका अध्यक्ष अमरराज सुवाल, बालकृष्ण बुर्लाकोटी, निरा बज्राचार्य, कार्यक्रम संयोजक दिपक महर्जनले विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नुभयो। कार्यक्रममा आँबुखैरनी गाउपालिकाका–४ का वडा अध्यक्ष मिलन भुजेल, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापा, प्राचार्य वीरमाया गुरुङलगायत सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा लायन्स क्लबका अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले शिक्षाको सुधारमा क्लबले निरन्तर कार्यक्रम गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा निरा बज्राचार्य, दिपक महर्जन, जिल्ला शिक्षा समितिका सदस्य नेत्र गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर थापालगायतले मन्तव्य राख्नुभएको थियो।