• २४ जेठ २०८२, शनिबार

तीन जना फरार प्रतिवादी पक्राउ

blog

फाइल तस्बिर

बोमलाल गिरी

नवलपुर, जेठ १३ गते । नवलपुरबाट फरक–फरक मुद्दाका तीन जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कावासोती नगरपालिका –११ बुडौलीकुनाका ४२ वर्षीय राजु विश्वकर्मा, कावासोती–१४ का ४५ वर्षिय मदन श्रेष्ठ र मध्यविन्दु नगरपालिकाका –११ का ३४ वर्षिय बिश्वनाथ न्यौपाने रहेको नवलपुर प्रहरीले जनाएको छ । 

विश्वकर्मा कावासोती –११ की माया विकको लाश फेला परेको ज्यानसम्बन्धि मुद्दाका कसुरदार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । विश्वकर्माविरुद्ध पक्राउपूर्जी जारी गरी म्याद थप गरेर अनुसन्धान भइरहेको नेपालले बताउनुभयो । 

श्रेष्ठ भने जुवा मुद्दामा एक महिना १७ दिन कैद सजाय र पाँच हजार रुपियाँ जरिवाना तोकिएको फरार प्रतिवादी रहेको र कैद भुक्तानका लागि कारागार पठाइएको नेपालको भनाइ छ । न्यौपानेले प्रतिवन्धित औषधी सेवन गराई ७ वर्षीय नाबालकको हत्या गरेको अभियोगमा मध्यविन्दु –११  कि बालकका आमा केशरी न्यौपानेले जाहेरी दिएको सरकारवादी मुद्दा हो । 

२०७९ असार २२ गते ज्यानसम्वन्धी कसूर शिर्षकमा दर्ता भई अनुसन्धानको क्रममा रहेको, मुद्दामा पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालतबाट पक्राउ अनुमति लिई खोजतलास गर्ने क्रममा मध्यबिन्दु –१० अरुणखोलाबाट न्यौपानेलाई पक्राउ गरिएको हो । न्यौपानेलाई पहिलो पटक पाँच दिनको म्याद थप गरी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।