जानु पाण्डे
कपिलवस्तु, जेठ ११ गते । कपिलवस्तुमा खाडलमा डुबेर साढे तीन वर्षीय बालकको ज्यान गएको छ । मृतक बालक बुद्धभूमि नगरपालिका –५, नौडिहवाका अस्लाम कलाम रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो ।
आइतबार बिहान इँटा भट्टामा माटो निकाल्दा बनेको खाडलमा जमेको पानीमा डुबेर बालकको मृत्यु भएको हो । मृतक बालक, आमा सफिया खातुनको पछि लागेर गएका थिए । बिहानको समय बालकका आमा बाख्रा चराउन निस्किनु भएको थियो । तर बालक आफ्नो पछि लागेको आमालाई थाहा नभएको आमाको भनाइ छ ।
बालकको खोजी गर्ने क्रममा उनी घरभन्दा केही पर रहेको सोही खाल्डोमा डुबेको अवस्थामा फेला परेको बुद्धभूमि नगरपालिका –५ का वडा अध्यक्ष रोमबहादुर थापाले बताउनुभयो