• ११ जेठ २०८२, आइतबार

माओवादी केन्द्र र वाइसिएलको पालिका कमिटी चयन

blog

वाइसिएल नेपाल आठराई त्रिबेणीको नयाँ पालिका कमिटीका पदाधिकारी ।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ११ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र योङ कम्युनिस्ट लीग नेपाल (वाइसिएल) को पालिका कमिटी चयन भएको छ । माओवादी केन्द्र र वाइसिएलको एकसाथ सम्पन्न पालिका कमिटीको तेस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

माओवादी केन्द्रका जिल्ला अध्यक्ष विष्णुकुमार लिम्बूका अनुसार विमला लिम्बू (लाजिमा) अध्यक्ष रहेको ३९ सदस्यीय माओवादीको पालिका कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा गणेश साँबा लिम्बू, कमल रामदाम, विमला गुरुङ, सचिवमा वीरेन्द्र हाङ्बाङ, सहसचिव खगेन्द्र गुरुङ र कोषाध्यक्षमा लक्ष्मी बराइली चयन हुनुभएको छ ।

यस्तै माओवादी केन्द्रको सहायक सङ्गठनका रुपमा रहेको वाइसिएल नेपालको अध्यक्षमा प्रदीप वनेम चयन हुनुभएको जिल्ला अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । वाइसिएलको २९ सदस्यीय पालिका कमिटीको उपाध्यक्षमा सुजन आङ्बुहाङ लिम्बू, सुरेन लिम्बू, मन्दिप लिम्बू, सचिवमा सरोज लिम्बू, सहसचिवमा शुक्रराज आङ्बुहाङ लिम्बू, कमल बराइली, विमल रामदाम र कोषाध्यक्षमा खाण्डु सोनाम शेर्पा चयन हुनुभएको छ । 

माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर काङ्माङको प्रमुख आतिथ्यता, पार्टी केन्द्रीय तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्रीसहित पार्टी र वाइसिएलका अन्य नेतृत्वको उपस्थितिमा पालिका अधिवेशन सम्पन्न भएको बताइएको छ । संयुक्त अधिवेशनमार्फत दुवै कमिटी सर्वसम्मत चयन भएको पनि माओवादी केन्द्रले जनाएको छ ।