• ११ जेठ २०८२, आइतबार

एमाले सचिवालय बैठक च्यासलमा

blog

सचिवालय बैठकमा सहभागी नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, जेठ ११ गते ।  नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । 

नेकपा (एमाले) अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका अनुसार बैठक भर्खरै सुरु भएको हो । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकमा एमाले सचिवालय सदस्य सहभागी हुनुहुन्छ ।