• २४ जेठ २०८२, शनिबार

जिपसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

blog

नवीनराज कुईकेल
लमजुङ, जेठ ११ गते ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, खुदीमा जिप र मोटरसाइकल एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ । 

बेसीशहर–चामे सडक खण्डअन्तर्गत खुदीमा शनिबार अपराह्न करिब सवा ४ बजे भएको दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक बेसीशहर नगरपालिका–१० बस्ने ४५ वर्षीय याकम तामाङको मृत्यु भएको हो ।

मनाङबाट लमजुङ सदरमुकाम बेसीशहर तर्फ आउँदै गरेको बा ०६९९ नम्बरको बलेरो जिप र विपरित दिशाबाट गइरहेको ज५प ७०१६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । 

गम्भीर घाइते रहेका तामाङलाई प्रदेश अस्पताल लमजुङमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।

भरतपुरमा उपचार हुन नसकेपछि प्रदेश अस्पताल लमजुङमा नै फर्काइएकोमा डाक्टरले आइतबार बिहान मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राजकिशोर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकको शव पोष्टमार्टमका लागी अस्पतलमै राखिएको छ । जिप चालक बेसीशहर नगरपालिका–५ बस्ने बिच कुमार परियार प्रहरीको नियन्त्रणमा छन् ।