• १० जेठ २०८२, शनिबार

‘नौली हदेली’ सार्वजनिक

blog

काठमाडौँ, जेठ १० गते। गायिका लक्ष्मी आचार्यको नयाँ गीत ‘नौली हदेली’ सार्वजनिक भएको छ। गीतमा उहाँलाई गायक प्रदाप दासले साथ दिनुभएको छ। 

माया प्रेममा रहेका साली भिनाको कथा गीतमा समेटिएको छ। विवाह गर्छु भनेर बचन दिएर अर्कोसँग सम्बन्ध बनाउने भिनालाई केही बर्षपछि भेट हुँदा साली गर्ने प्रश्न र भिनाले दिने जवाफ गीतमा छ।

गीतको शब्द तथा संगीत गायिका आचार्यकै हो भने एरेन्ज देवेश राईले गर्नुभएको छ। गीतको भिडियोमा अभिषेक खड्का र मिस पविको अभिनय देख्न सकिन्छ। 

भिडियोको निर्देशन मौसम हिमालीले गर्नुभएको हो। गीत गायिका आचार्यले आफ्नै अफिसियल युट्युब च्यानल लक्ष्मी आचार्यबाट सार्वजनिक गर्नुभएको हो।