काठमाडौँ, जेठ १० गते । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका–१० भेरी नदीमा बेपत्ता प्रेम बहादुर रानाको शव भेटिएको छ ।बिहीबार भेरी नदीमा बेपत्ता हुनुभएको ४४ वर्षीय रानाको शव शनिबार दिउँसो घटनास्थल नजिक फेला परेको सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वेरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमर बस्नेतको कमान्डमा चार जना गोताखोर र सुरक्षा बेस घुमखरेबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा १३ जनाको टोली शनिबार बिहानबाट खोजी कार्यमा परिचालित थियो ।