• १६ असार २०८१, आइतबार

मनोज र अस्मिताको 'खोलीको पानी' सार्वजनिक

blog

काठमाडौं, जेठ २८ गते । गायिका अस्मिता अधिकारी र गायक मनोज खनालको स्वरमा रहेको 'खोलीको पानी' बोलको लोक आधुनिक गीत  सार्वजनिक गरिएको छ । मौलिकतामा आधारित यो गीत सरोज पोखरेल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा नेपाली साहित्यका अनेक आयाममा कलम चलाउने गीतकार विष्णु भण्डारीको शब्द र सरोज पोखरेलको सङ्गीत  छ । गीतलाई सुनिल परियारले एरेन्ज गर्नुभएको हो भने गीतमा समारिका ढकाल र प्रिन्स विस्वकर्माको अभिनय देख्न सकिन्छ । 

गीतको भिडियो साजन कट्टेलको निर्देशन गर्नुभएको हो ।