• २५ जेठ २०८२, आइतबार

ललितपुर महानगरमा सार्वजनिक सुनुवाइ

सडकको धुलोदेखि कुकुर व्यवस्थापनसम्मका गुनासा

blog

सार्वजनिक सुनुवाइमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनलगायत । तस्बिर : ललितपुर महानगर

ललितपुर, जेठ ७ गते ।  सुशासन, योजना तर्जुमा पारदर्शिताका लागि ललितपुर महानगरले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । 

महानगरले बुधबार हरिसिद्धीस्थित वडा नंं.२८ मा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको हो । 

सार्वजनिक सुनुवाई कार्यक्रममा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारदेखि पानी पर्दा हिलो हुने र घामलाग्दा धुलो उड्ने बाटो, कर्मनाशा खोलाले मच्चाउने बितण्ड, त्यहाँको कमजोर पुललगायतका विषयमा कुरा  उठाएका थिए ।

त्यसैगरी, ढल थुनिँदा भएको समस्या, सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने विषयलाई उठाएका थिए । नगरस्तरीय बाल क्लबलाई जनप्रतिनिधिले प्राथमिकता दिनुपर्ने विषयमा पनि ध्यानाकर्षण गराएका थिए । 

त्यसैगरी, चक्रपथबाट बाहिर रहेको वडा नं.२८ र २९ मा सार्वजनिक शौचालय नभएको विषयलाई उठाएका थिए । वडा नं. २८ का रामेश्वर कर्माचार्यले वडा  नंं. २८  र २९ मा ढललाई व्यवस्थित गर्न अनुरोध गर्नु भयो । 

वडा नं. २८ का राजेन्द्र महर्जनले दक्षिणबाट उत्तर बग्ने विश्वकै कर्मनाशा खोला र त्यस वरपरको जग्गाको संरक्षण गर्न विशेष पहल गर्न अनुरोध गर्नु भयो ।  उहाँले भन्नुभयो, ‘‘खोला र खोला वरपरको जग्गालाई अतिक्रमण गर्नेलाई कारबाही गर्नपर्छ, त्यसका लागि सम्पदा र सार्वजनिक जग्गा संरक्षणमा लागि परेका अनुरोध गर्दछु ।’’ सामुदायिक कुकुरको वृद्धिले हिँड्डुल गर्न निकै गाह्रो भएकाले  त्यसको व्यवस्थापन अत्यावश्यक भएकोमा जोड दिइयो । 

सुनुवाइमा धारणा राख्नेहरुले महानगर बन्ने क्रममा जोडिन आएका वडाहरुको बासिन्दाको जनजीवन ट्रान्जिसन परियडमा रहेको बताउँदै आगामी बजेटले उनीहरुको जीवनलाई सहज बनाउन सम्बोधन गर्नुपर्ने बताए । 

२९ नं वडाका शान्ति घिमिरेले आफ्नो वडामा खुल्ला ढल भएकाले बस्ती डुवानमा पर्ने गरेको दुःख व्यक्त गर्दै यसलाई छिट्टै सम्बोधन गर्न अनुरोध गर्नुभयो ।  ललितपुर महानगरलाई स्मार्ट सिटी भने पनि बर्खामा बाटो हिलाम्य, हिउँदमा धुलाम्य बाटो हिँड्न बाध्य भएको गुनासो उहाँको छ । 

महानगर प्रमुख चिरीबाबु महर्जनले कर्मनाशा खोला र त्यस क्षेत्रको ढल व्यवस्थापनका सम्बन्धमा प्राविधिक टोलीसहित त्यस तर्फमा जाने प्रतिबद्धता गर्नुभयो । 

अभिलेखीकरणको दर रेट नेपाल सरकारले नै तय गरेको बताउँदै यसमा केही गर्न नसक्ने प्रष्ट पार्दै भन्नुभयो, ‘‘अभिलेखिकरण गर्दैनौँ भनेर गल्ती नगर्न  अनुरोध गर्नुभयो । 

महानगर प्रमुख महर्जनले  वडा नं. २८ र २९मा पनि सार्वजनिक शौचालय निर्माणका लागि जग्गा तयार पार्न अनुरोध गर्नुभयो । 

मञ्जली शाक्य बज्राचार्यले सार्वजनिक सुनुवाई कार्यक्रममा व्यावहारिक  प्रश्न उठाएकोमा धन्यवाद दिनुभयो।  महानगर दिँदै कृषियोग्य जमिनको अनुपातको आधारमा मल प्राप्त हुने हुँदा आवश्यकताभन्दा कम प्राप्त हुँदा मल अभाव भएको बताउनु भयो । 

जग्गाको वर्गीकरण गर्दा महानगरको जग्गालाई कृषियोग्य जग्गाको रुपमा वर्गीकरण गरिएको छैन । कृषियोग्य जमिनको रुपमा वर्गीकरण हुँदा बेचबिखन गर्दा कम मूल्य प्राप्त हुनेलगायतका अप्ठ्यारा हुने भएकाले कृषियोग्य भनी वर्गीकरण गरिएको भन्दै भन्दै कृषिियोग्य जमिन कम भएको रिपोर्ट गएकाले कम मल आएको हो ।’ मल थप गर्नका लागि प्रदेश र संघीय थप छलफल गर्ने प्रतिबद्धता हो । 

प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले सामुदायिक कुकुर व्यवस्थापनका लागि काम सुरु भइसकेको जानकारी दिनुभयो । 

वडा नं.२८ का वडा अध्यक्ष वीरेन्द्र महर्जनले भन्नुभयो, ‘‘अनौपचारिक रुपमा हामीले कुरा गरेका छौं, हटाउनलाई भनेका छौं । 

वंगुर पालन गर्नका लागि जग्गा भाडामा नदिनु  नै यो समस्या समाधानको मुख्य आधार भएको बताउँदै वडा नं. २९ का वडा अध्यक्ष गणेश महर्जनले भन्नुभयो, ‘‘हाम्रो वडामा बंगुर पालनको समस्याले हाम्रो वडामा समस्या देखिएको छैन ।’’