• १६ असार २०८१, आइतबार

सुरु हुने भयो आयुर्वेद चिकित्सालय

blog

दमक समाचारदाता

दमक, जेठ २८ गते  । झापाको कमल गाउँपालिका वडा नं. ७ मा ५० श-याको भवन निर्माण सम्पन्न भएको प्रादेशिक आयर्वेुद चिकित्सालय आउँदो आर्थिक वर्षदेखि सञ्चालन हुनेभएको छ । गाउँपालिकाको संयोजनमा मासिक रूपमा चिकित्सालयमा निःशुल्क आर्युवेदिक स्वास्थ्य शिविर भने हुँदै आएको छ ।

भवन निर्माण सम्पन्न भएको दुई वर्ष पुग्न लाग्दासमेत यो सञ्चालन हुनसकेको छैन । प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा कमल गाउँपालिकाको लखनपुरमा प्रादेशिक आर्युवेदिक अस्पताल सञ्चालन गर्ने भनेर उल्लेख भएपछि यो सञ्चालनमा आउने निश्चित भएको हो ।

स्थानीय अस्पतालका लागि जग्गा दिएर काम सुरु गर्न दवाव दिएको एक दशकपछि अस्पतालको भवन निर्माण सम्पन्न भएको थियो । आर्थिक वर्ष २०६७/०६८ मा तीन हजार जना स्थानीयले हस्ताक्षर गरेर यहाँ आयुर्वेद अस्पताल बनाउन माग गरेका थिए । २०७५ साल भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गर्नुभएको थियो । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका अनुसार १७ करोड २९ लाख लागतमा ठेक्का लागेर डेढ वर्ष अघि नै भवन निर्माण सम्पन्न भएर निर्माण व्यवसायीले जिम्मा लगाइसकेको अवस्था छ । लिफ्टसहितको सुविधा सम्पन्न भवन बने पनि यहाँ अस्पताल भने सुरु हुनसकेको छैन ।

शुरुवातमा क्षेत्रीय स्तरको आर्युवेद चिकित्सालय भनिए पनि पछि प्रदेश स्तरीयमा परिणत भएको गाउँपालिकाकी पूर्व अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो । दैनिक रूपमा आकस्मिक सेवासहित बहिरङ्ग सेवा, शल्यचिकित्सा कक्ष, सघन कक्ष, औषधालय, प्रयोगशालालगायतका सेवाका लागि पूर्वाधार निर्माण भएका छन् ।

गाउँपालिका अध्यक्ष हुकुमसिंह राईका अनुसार आफूहरू निर्वाचित भएर आउनासाथ सबैभन्दा पहिला प्रदेश सरकारसँग यो चिकित्सालय सञ्चालनका लागि आवश्यक बजेट मिलाउन आग्रह गरेको जनाउनु भयो । करोडाँैको संरचना बनेर पनि प्रयोगविहीन भएको तर अब भने सञ्चालन हुने वातावरण बनेको छ, उहाँले भन्नुभयो ।