• १९ जेठ २०८२, सोमबार

मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना : सचेत रहन मौसमविद्को सुझाव

blog

साङ्केतिक तस्बिर

काठमाडौँ, जेठ ६ गते। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती प्रदेश, कोशी प्रदेशका तराई भू–भागमा हल्का वर्षा भइरहेको छ। 

महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार बागमती प्रदेश अन्तर्गत काठमाडौँ उपत्यकासहित ललितपुर, कीर्तिपुर, चन्द्रागिरी, गोदावरी, लेले क्षेत्रमा हल्का वर्षा भइरहेको छ। 

उहाँले भन्नुभयो, “अहिले बागमती प्रदेशका थोरै स्थान, कोशी प्रदेशका तराई भू-भागका एक, दुई स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौँ, ललितपुर, कीर्तिपुर, चन्द्रागिरी, गोदावरी, लेले क्षेत्रमा वर्षा भइरहेको छ।”

उहाँले प्रि-मनसुनको वर्षा भएको तथा मेघगर्जन, चट्याङ्गसहित वर्षाको सम्भावना रहेको सजगता अप्नाउन आग्रहसमेत गर्नुभयो।

उहाँले भन्नुभयो, “प्रि-मनसुनको वर्षा भएकोले मेघगर्जन चट्याङ्गसहित वर्षाको सम्भावना भएकोले सजगता भने अप्नाउनुपर्छ।”

उहाँले यो प्रणाली लामो समयसम्म नरहने तथा केही बेरमा वर्षा कम हुँदै जाने बताउनुभयो। भोलि फेरि दिउँसो बादल विकसित हुने र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने उहाँको भनाइ छ।