• ३० जेठ २०८२, शुक्रबार

भारतद्वारा यु–१९ साफ उपाधि रक्षा

blog

उपाधिसहित भारतका खेलाडी । तस्बिर : साफ

काठमाडौँ, जेठ ५ गते । साविक विजेता भारतले यु–१९ साफ च्याम्पियनसिपको उपाधि रक्षा गरेको छ ।

अरुणाञ्चलको गोल्डेन जुब्ली रङ्गशालामा भएको फाइनलमा भारतले बङ्गलादेशलाई टाइब्रेकरमा ४–३ गोलले हरायो । निर्धाीरत समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

त्यसपछि पेनाल्टी सुटआउटमा भारत भाग्यमानी बन्यो । निर्धारित समयको खेलमा सुरुवाती अग्रता भारतले लिएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमै सिंगमयुम शामीले गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो ।

त्यसपछि ६१औँ मिनेटमा बङ्गलादेशका जोय अहमदले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । सेमिफाइनलमा भारतले माल्दिभ्सलाई हराउँदै फाइनलमा पुगेको थियो । यता बङ्गलादेशले भने नेपाललाई २–१ गोलले स्तब्ध बनाएको थियो ।