• ५ जेठ २०८२, सोमबार

जनप्रतिनिधिलाई योजना तर्जुमा तालिम

blog

योजना तर्जुमा तालिममा सहभागी जनप्रतिनिधिहरू । तस्बिर : गोरखापत्र

कोकिला ढकाल

इलाम, जेठ ५ गते । हरेक पालिकामा नयाँ योजना प्रस्तावको काममा सहज गराउन इलाममा जनप्रतिनिधिलाई योजना तर्जुमा सम्बन्धी तालिम दिइएको छ ।

जिल्ला समन्वय समितिले जिल्लाका दसवटै पालिकामा वडाध्यक्ष सहित वडाका जनप्रतिनिधिहरूलाई तालिम दिएको हो । 

जेठ ४ र ५ गते गरी दुुई दिनसम्म सञ्चालित तालिममा आ–आफ्ना वडाका योजनाहरू कसरी छान्ने, कुन र कस्ता योजनालाई प्राथमिकीकरण गर्ने र पालिकामा सिफारिस गर्ने, छनोट गरिएका योजनालाई कसरी बजेट अनुमान गर्ने जस्ता विषयमा तालिम दिइएको थियो । 

जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको अध्यक्षतामा भएको तालिममा वडाध्यक्ष सहित वडा सदस्य, महिला तथा दलित सदस्यहरूको सहभागिता थियो  ।