• ५ जेठ २०८२, सोमबार

उपप्रधानमन्त्री सिंहसँग संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिमण्डलको भेट

blog

उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्नुहुँदै संयुक्त राष्ट्रसङ्घीय वातावरणीय कार्यक्रमका प्रतिनिधि मण्डल । तस्बिर : उपप्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, जेठ ५ गते । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग संयुक्त राष्ट्र सङ्घीय वातावरणीय कार्यक्रमका प्रतिनिधि मण्डलले शिष्टाचार भेट गर्नुभएको छ ।

सोमबार सहरी विकास मन्त्रालयमा भेटमा नेपालस्थित संयुक्त राष्ट्र सङ्घीय आवासीय संयोजक हाना सिंगर ह्याम्डी, संयुक्त राष्ट्र सङ्घीय वातावरणीय कार्यक्रमको एसिया प्रशान्त क्षेत्रीय निर्देशक डेचेन छिरिङ, जलवायु परिवर्तन कार्यक्रम संयोजक अबान मार्कर सहभागि हुनुहुन्थ्यो ।

उपप्रधानमन्त्री सिंहले जलवायु परिवर्तनले नेपालमा पारेको असर, सहरी क्षेत्रले भोगिरहेको अनपेक्षित चुनौतीहरूका बारेमा चर्चा गर्दै जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि संयुक्त राष्ट्र सङ्घसँग सहकार्य गर्न चाहेको बताउनुभयो । 

सो क्रममा संयुक्त राष्ट्र सङ्घीय भेटका क्रममा सहरी वातावरण अनुकुलन कार्यक्रम र राष्ट्रिय रूपरेखाको विषयमा छलफल भएको थियो । भेटमा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिहरूले आगामी दिनमा जलवायु परिवर्तनले सहरी क्षेत्रमा पार्ने असर कम गर्नका लागि हुने कार्यक्रमहरूमा संयुक्त राष्ट्र सङ्घका तर्फबाट सहर विकास मन्त्रालयसँग आवश्यक सहकार्यमा सकारात्मक रहेको बताउनुभएको थियो ।