हुम्ला, जेठ ५ गते । हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा सुक्खा पहिरो गई जोखिमा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
सशस्त्रका डिएसपी एवम् सह प्रवक्ता शैलेन्द्र थापाले तिलगाउँको उत्तरपट्टिबाट सुक्खा पहिरो आई सोही ठाउँमा बसोवास गर्ने स्थानीय बासिन्दाहरूको घरमा क्षति पुर्याएको छ ।
आवश्यक विपद् उद्धार सामग्री तथा बन्दोवस्तीका सामानसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट हिल्साको सुरक्षा फौज उक्त स्थानमा परिचालित भएको छ ।
पहिरो के कति कारण आएको हो भन्न बारे जानकारी हुन नसके पनि सो पहिरोसँगै पानिको लेदो समेत रहेकाले तिलगाउँभन्दा माथि हिमाताल रहेको आशङ्का गरिएको छ । आशङ्का गरिएको स्थानमा हिमताल रहेको वा नरहेको भन्नेबारे अवलोकन भइरहेको छ । पहिरोबाट मानवीय तथा पशुचौपायामा क्षति पुगेको छैन ।