काठमाडौँ, जेठ ५ गते । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को खेलमा संयुक्त अरब इमिरेट्स ९युएई०ले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ ।
थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रन बनायो । युएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । यस्तै तीर्थ सतिशले २१, हिना होटचन्दनीले २० र लाभन्या केनीले १२ रन बनाइन् ।
बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले चार विकेट लिइन् । कविता कुँवरले दुई तथा राजमती ऐरीले एक विकेट लिइन् । रासस