काठमाडौँ, जेठ ४ गते। प्रधानमन्त्री केपी शर्मा ओलीबाट युवा व्यवसायी राज कार्की सम्मानित भएका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा व्यवसायी सम्मानबाट कार्की सम्मानित हुनुभएको हो। नेपालभरिका टेलरिङ क्षेत्रको प्रतिनिधित्व गर्दै कार्कीलाई सम्मानित गरिएको हो।
कार्की नेपाली सिलाइ उद्योगमा सङ्घर्षरत र प्रेरणादायी युवा उद्यमी हुनुहुन्छ। जसले परम्परागत दर्जी व्यवसायलाई आधुनिक ढङ्गबाट अगाडि बढाउनुभएको छ। सात वर्षदेखि उहाँले सुटमाला आधुनिक सञ्चालन गर्दै आउनुभएको छ।
कार्कीले टेलरिङ क्षेत्रलाई केवल लुगा सिलाउने क्षेत्र मात्र नभइ उद्यमशीलताको एक स्कुलका रूपमा स्थापित गर्नुभएको भन्दै प्रधानन्त्रीले सम्मान गर्नुभएको हो। कार्यक्रममा कार्कीसँगै अन्य दस जना विभिन्न क्षेत्रका व्यवसायी सम्मानित भएका छन्।
राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय शिक्षा विभागले कार्यक्रमको आयोजना गरेको हो। विभागका प्रमुख कुवेर अधिकारीले स्वदेशमा रहेर लगानी तथा उद्यमशीलतामा सक्रिय युवाहरूलाई थप ऊर्जा प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बताउनुभयो।