• २५ जेठ २०८२, आइतबार

गायक तथा सङ्गीतकार रत्न बेहोसीलाई लाइफ टाइम एचिभमेन्ट अर्वाड

blog

लाइफटाइम एचिभमेन्ट अर्वाड लिनुहुँदै रत्न बेहोसी ।

काठमाडौँ, जेठ ४ गते । तेश्रो संस्करणको संसार नेसनल स्टार म्युजिक भिडियो अवार्डको तेस्रो संस्कार गएको शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भयो । संसार क्रियसन नेपालको आयोजनामा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको प्रेक्षालयमा तेश्रो संसार नेसनल स्टार म्युजिक भिडियो अवार्ड सम्पन भएको हो ।

बागमती प्रदेशका श्रम,रोजगार तथा यातायात मन्त्री प्रेम महर्जनको प्रमुख आतिथ्यता र लेखक तथा निर्देशक प्रकाश सायमीको विशेष आतिथ्यतामा भएको अवार्ड कार्यक्रममा नेपालभाषा म्युजिक भिडियो अवार्डको ४१ विधामा १ सय ७२ वटा अवार्ड प्रदान गरिएको थियो। यस अवार्डलाई सबैभन्दा लामो अवधि सञ्चालन भएको र सबैभन्दा बढी ४१ विधामा १ सय ७२ वटा अवार्ड वितरण गरिएको अवार्ड कार्यक्रम भएको विश्व रेकर्डको लागि गिनिज बुक अफ वल्र्डमा दाबी गरिएको छ । 

कार्यक्रमको क्रममा गीत सङ्गीतको क्षेत्रमा अनवरत रूपमा क्रियाशील रहनु भएका गायक तथा सङ्गीतकार रत्न बेहोसीलाई लाइफटाइम एचिभमेन्ट अर्वाडबाट सम्मानित गरिएको थियो । नगद राशी २५ हजारसहित ट्रफी तथा सम्मान पत्रका साथ उहाँलाई लाइफटाइम एचिभमेन्ट अर्वाड बाट सम्मानित गरिएको हो । यस अवार्ड कार्यक्रममा गोरखापत्रकर्मी मनोजरत्न शाहीले नाप च्वने मदुसा बोलको गीतको म्यूजिक भिडियो बाट उत्कृष्ट सम्पादकको अवार्ड जित्नु भएको हो ।