काठमाडौँ, जेठ ३ गते। गायिका शान्तीश्री परियार र गायक गौरव गिरीको स्वर रहेको ‘लजाउने हैछौ नी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।गीत देउडा संकृतिमा आधारित रहेको छ।गायक गिरीकै शब्द, रोहित देउवाको संगीत सृजना, विसम आचार्यको एरेन्ज तथा श्याम श्वेत रसाईलीको मिक्सिगं मास्टरिगं रहेको सार्वजनिक गीतमा सुदूरपश्चिमकी मोडल मिस पवीको अभिनय देख्न सकिन्छ।भिडियोमा मिस पवीसँगै दीपा शाही र राजेश नाथले अभिनय गर्नुभएको छ।
नुवाकोटका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको गीतमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक गिरीले भिडियोमा देखाउनुभएको छ।भिडियोमा मेरी बास्सैका कलाकार राजेश नाथ अर्थात् बैतडी बाजेले १० वर्षपछि कमब्याक गर्नुभएको छ।भिडियोमा सन्जु चौधरीको कोरियोग्राफी रहेको छ।
भिडियोको छायांकन उत्तम हुमागाईले गर्नुभएको हो भने सम्पादन कलर श्याम कुँवरले गर्नुभएको हो।गीतको भिडियो रिदम भिआईडीबाट बजारमा आएको हो।