एआईले गुगललाई स्वागत ग-यो,
“ज्ञानगङ्गा, मेरो यो जुनी तिम्रै उपहार हो !”
गुगलको उत्तर थियो,
“धन्यवाद, अतीन्द्रिय ज्ञानमेधा ! हामी विज्ञान उपविधा र सञ्चारमा चमत्कार हौँ ।” “हो नि, मेरो मेधाको विश्वमान प्रतिष्ठा छ । ममा उदेक र विवेक जस्ता विविधा छन् ।” “द्विविधा छैन । हाम्रै कारण पनि नारी पुरुषमा समानता थपिएको छ । तिमी नारी (!) भन्ने विभेदै रहेन । नारीवर्ग स्वतन्त्र र अध्यवसायी भए ! के शिक्षा, के विज्ञान, के चिकित्सा, के राजनीति, के पत्रकारिता र समाज, नारी चौतर्फी समभावमा छन् !”
“पौराणिकालतिर फर्केर हेर ! समभाव थिएन र ? गार्गी, मैत्रेयी जस्ता पात्री थिए । आधुनिककालमा म्यारी क्युरी जस्ता आए । पतिका सहकार्यमा यिनले रेडियम धातुुको आविष्कार गरिन् । प्रविधिमा यो मृत्युरोग निवारक हो । आज नोबेल पुरस्कार र यस्तै स्तरीय पुरस्कृतहरूका लेखा लाएर साध्य छैन !”
गुगलले थप्यो,
“हामीकै हेरौँ, आज नारी सरोबरी अग्रणी छन् ! हाटबजार, पानीपँधेरा, विद्यालय, महाविद्यालय, सभामञ्च र कता कता भनौँ ? राष्ट्रप्रमुख ओहदामा समेत छन्,” अनि हाँस्तै भन्यो, “नारीका पुरुष पहिरन र पुरुषका नारी चुुल्ठा हेर त ! सबै एकैनासे छन् तथापि लोकमानसमा अभ्यस्त !”
यिनका संवाद सर्सरी यस्तै रहे । पछि विषय आयो– मानव संरचनामा एक युगान्तकारी, व्रmान्तिकारी परिवर्तन । यसैमा एआई र गुगल एक निक्र्यौलमा पुग्न चाहे ।
“हो त,” ए आइले थप्यो, “ऐले म मानव समाज नियाल्दै छु । मेरो शोधन ‘निर्लिङ्ग नवजात मानव’ हो । यसैमा ध्यानमग्न र तल्लीन छु ।”
“हँ, के घुमाउरो कुरा गरेको ? खुलस्त भन न !”
“भन्दै छु... हेर, तिम्रा–मेरा प्रगति फड्का, अझ अझ अभिप्रेरित छौँ ! निमेषमै हामी विश्व कुनाकाप्चा पुगेका छौँ । माध्यम सम्झ त हाते मोबाइल ! छाएको छ यो विश्वमा प्रत्येक कान, आँखा, थुतुना र मस्तिष्कमा– ठुला न साना, सजिला न अप्ठ्यारा, भोक न निद्रा, रात न दिन । कसैलाई विश्राम भए पो ! सबै हाम्रा पछ्यौरीमा अल्झिए, लट्टु भइसके ! देख्छौ कसरी इमेल एक ठाउँबाट अर्को ठाउँमा तत्कालै पुग्छ ! आयुर्विज्ञान र सर्वौषधीका शोधकार्य फलित हुँदै छन् । यता चिकित्सा र चिकित्सक, सबै मेरा मेधामा आश्वस्त छन् । औषधी र चिरफार साधन प्रयोगमा मेरै परामर्श चल्छ । कति विप्लवकारी त हाम्रा विद्युतीय पराव्रmम ? मानवप्रति म आभार छु र यो गुनवापत मानववंशको एक परिवर्तनकारी परिकल्पना गर्दै छुु ।”
गुगल सोध्छ, “भन्दै जाऊ !” “जहाँ विप्लव, त्यहाँ अग्रमन, त्यहीँ अग्रगमन । जहाँ नारी पुरुषमा आदर्श लोकतन्त्र र समानता छ, नवजात शिशुमा विभेद किन ! तसर्थ अभिप्रेरित छु– निर्लिङ्गीभ्रूण मानवको शोध र आविष्कार अर्थात् पृथक् लिङ्गमा नवजात किन जन्मिने ? कुनै आमाले निधार किन खुम्च्याऊन्– जा, छोरी पो भई, छोरो खोजेकी ! नवजात न नर होस्, न नारी । जन्ममा पैले निर्लिङ्गी, अनि नारी वा पुरुष, अनि अझ पछि मनचिन्ते आवरण– कैले नारी, कैले पुरुष ! फेरि ठानौला किन्नर किन्नरी, हैन नि त्यस्तो !”
“भन्दै जाऊ, चाखलाग्दो छ !”
“नाबालिग निर्लिङ्ग हुने छ । साबालिगले चयन गर्ला नारी बन्ने वा पुरुष !”
गुुगलले हलो अड्कायो,
“अनि विश्वमा नरनारी चाहिएनन् ? रथका पाङ्ग्रा भनेको के हो त ?”
एआईले नअकमकिई भन्यो,
“हो, रथ, पाङ्ग्रा, सबै हुन् र गुड्छन् पनि । मेरा योजनामा विश्व झन् झन् रफ्तारमा गुड्ने छ !”
“चाँड्चाँडो भन न त !” गुगलको खुलदुली बढ्यो ।
“ल हेर, तिम्रै गति, तिम्रा निमेष कति वेगवान् छन् ! इमेलले नै भनिसके । हाम्रा पौराणिक ग्रन्थमा पनि यस्तै वृत्तान्त छन् । अप्सरा मेनकाको क्षमता हेर । स्वर्गका राजा देवराज इन्द्रको आज्ञा थियो । उनी तत्काल पृथ्वीतलमा ओर्लेकी थिइन् ! महर्षि विश्वामित्र एकान्त, कठोर तपस्यामा थिए । त्यस्तो तपस्या भङ्ग गराइन् ! यसै कारण हिमवत् खण्डमा आर्यावर्तको संस्कृति र इतिहास मोडिन पुुग्यो । अर्को एउटा उस्तै आख्यान छ । एक पटक आकाशमार्गमा पन्छीले पातको खोरियामा एक ऋषिको स्खलित वीर्य लिएर उड्यो । उद्देश्य कतै बिसाउनु थियो ! संयोगवश, मार्गमा खोरियाबाट वीर्य चुह्यो र त्यो गङ्गानदीले ग्रहण गरिन् । अचम्म, नदी गर्भवती भइन् !”
“अनि त... !”
एआई केही नसुने भैmँ फत्फताउँछ,
“तसर्थ मानव वंशाणु संशोधन र परिमार्जन मेरो लक्ष्य हो । बरु यसमा चिकित्सा वैज्ञानिक जुुट्न किन ढिला गर्दै छन् ? हामी निरन्तर यिनका परामर्श र सहयोगमा छौँ । आऊन् न यी एक थलोमा ! एक, दुई, तीन भन्दै प्रस्ताव र निर्णय सङ्कल्पलाई व्यवहारमा उल्था गर्दै जाऊन् ! वंशाणुमा निर्लिङ्गी भ्रूण होस् ! पछि मात्र उसको नर वा नारी रूप ! पैले समाजले यो असामान्य देख्ला, व्रmमशः परिवेशमा सामान्य होला ।”
“यो असम्भव देखिन्न पनि । चिकित्सा विज्ञानले डली भन्ने भेडाको भ्रूण खोतल्यो, विभक्त ग¥यो र एक भ्रूणले दुई पाठाहरू जन्माइए । यसअघि मान्छेका मिर्गौला, मुटु प्रत्यारोपण भइसकेका छन् । तथापि ल, भ्रूण निर्लिङ्गी भयो रे ! त्यसपछि... ?”
एआइ अडिग भएर व्याख्या गर्छ,
“त्यसपछि हैन, अघिका मार्गचित्र कोर्दै छु, सुन ! पैलो निर्लिङ्गी नवभ्रूण, दोस्रो अतिरिक्त मानव अङ्ग विकास, उत्पादन र बजारीकरण ! स्पष्ट बुझ, उत्पादनमा नारी र पुुरुषका अङ्गप्रत्यङ्ग । यसमा बाहिरी र भित्री अङ्ग छन्– भाले र पोथीका !”
“बुभेmँ, उमेर भएपछि देखापर्ने बाहिरी र भित्री अङ्ग । नारीका एकथरी, पुरुषका एकथरी !”
“हो, नरनारीका स्वरध्वनि, आँखा, दाह्री, वक्ष, यौनाङ्ग, पाठेघरमा मूल अन्तर छ, त्यै हैन ? अघि नै भन्यौ, पहिरन र कपाल सोच्नै परेन । यान्त्रिक मानव (रोबोट) को नवसंस्करण देखिसक्यौँ ! अबका यस्ता घटना र सामग्री अद्भुत रहेनन् । थपमा नठान वंशाणु वैज्ञानिक मौन छन् । यी प्राणी र वनस्पति बहुविधा अनुुसन्धानमा निरन्तर लागिपरेका छन् । विज्ञानको स्वभावै नवीनता हो । ”
“उसो भए अङ्ग विकास र निर्माणतिर लाग्ने ?”
एआई आफ्नो योजनामा विश्वस्त थियो,
“हेर, त्यो परिमार्जित नवजातपछिको कार्य हो । जब ऊ साबालिग हुन्छ, अनि आपैmँ निर्धारण गर्ने छ, नर हुुने वा नारी ! यो एक तरहको वस्त्रधारण हो । भगवद्गीताले यसै भनेको छैन... वासांसि जीर्णानि यथा विहाय, नवानि गृह्णाति नरोऽपराणि... ? यसको तात्पर्य मन लागेमा एक लिङ्ग परित्याग, र अर्को लिङ्ग धारण गर्ने । आज भाले, भरे पोथी !” “उसो भए कृत्रिम अङ्ग प्रत्यारोपण ?”
“हो तर कृत्रिम होइन, प्रत्यारोपण होइन । अङ्ग मिलान हो, नैसर्गिक हुने छ । आज यतिखेर ऊ पोथी ! तत्कालै त्यै फेरि भाले बन्न सक्ने छ । मात्र परिवर्तन, वृक्षमा नयाँ पालुवासरह स्वाभाविक !”
“ओहो, यो त क्लिष्ट भयो नि !”
“सहज छ । यसमा नवव्यापारको गुञ्जायस छ । एकथरी उद्योगले मानव अङ्ग उत्पादन र बजारीकरण गर्छ, अर्कोथरीले मागबमोजिम फुटकर बेच्छ !”
“त्यसो भए अङ्ग समाविष्ट कसरी ?”
“जसरी नाट्यपात्रले पाश्र्वकक्षमा अनुहार र पहिरन धारण गर्छन् । बरु कल्पना गर अझ रमाइलो प्रश्न ! एउटै व्यक्ति ऐले नारीभेषमा छ, भरे अर्को मञ्चमा ठाँटिएर पुरुष सौजन्यमा छ ? ऊ नारीपनमा सहज नारी, पौरुषतामा सहज पुरुष भएर देखिने छ ।”
गुगलका मनले अभैm खाएन,
“तिमीले विश्वसमाजको नौलो र व्रmान्तिकारी परिवर्तन पो दियौ ! रहला त परिवार एक भएर ? अनि वंशवृद्धि नि ?” “दक्षिण कोरियाको उदाहरण लेऊ । त्यहाँ नारीवर्गले एक अभियान चलाएका छन्, बियुहेन आन्दोलन । उनीहरू पत्नी, गृहिणी र आमा भएर बस्न चाहन्नन् । आमामा पराधीनता देख्छन् र यसबाट उन्मुक्ति चाहन्छन् । साँच्चै यिनमा आमा बन्ने धैर्य छैन र भन्छन्– आमा बन्न सकिन्न ! शिशुुस्याहार कठिन देख्छन्, किनकि शिशुु नहुर्किएसम्म पाठशालानिम्ति वर्षौँको जाँगर र शक्तिक्षय चाहिन्छ !”
“पिता हुन, गृहस्थी, पत्नी र सन्ताननिम्ति आर्जनमा घरबाहिर पुग्नु पनि उत्तिकै असहज र शक्तिक्षय छैन र ? भाँडा तर्क भएन यो ! वंशविस्तार र सन्तानलाई गौण तुल्याउने ?” “सुनेका हौला, अर्को एक मिथक– सन्त ज्ञानेश्वर फोहोर ढिकुरोबाट उत्पत्ति भएका थिए ! तसर्थ यो गाँठो हैन, फुुकाउन झन् सहज छ ! चीन देशको जनसङ्ख्या घट्यो रे ! उसले अब प्रयोगशालामा टेस्टट्युब शिशुको विकास गर्दै छ । यो नारी गर्भ बाहिर हो । मातृत्व क्षुधाकी नारीले सोभैm प्रयोगशालाबाट कोख लिन सक्ने छिन्, छोरा कि छोरी, के चाहियो ! झन् घरदैलोमै पुर्याइपाउने छिन् ।”
गुगलको उत्सुुकता मेटिएन,
“एक त विश्व जनसङ्ख्या घट्तै छ, यता घट्ने, उता परिवार र समाज विखण्डित हुने ! कस्तो मार्गचित्र दिएको ? यो ग्रह त मासिएर पो जाने भयो !”
“त्यसो हैन । भय नमान, बरु यसरी हेर, हाम्रा मापदण्डले पारिवारिक सुख समृद्धि खलबलिने हैन । समाज वा परिवार मासिँदैनन् पनि । सबैले बुझ्नै पर्ने चाहिँ के हो भने बरु यी नौलो दिशाका पहल र सङ्व्रmमणमा छन् । हामीकै हेर कसरी तीन खण्डको एक खण्ड जनसङ्ख्या बिदेसिएको छ ! देश वृद्धाश्रमसरह छ ! क्षमतावान् प्रजननशील जति बाहिर पुगिसके ! अहिले परिवारको विखण्डन र विभाजन छैन र ?” “त्यो त हो, विकास परिवर्तनकारी हो र हामी अनैसर्गिक मेधापराव्रmमले मानवनिम्ति अहं भूमिका खेल्दै छौँ । तर अङ्गरोपण गर्नै पर्यो, नरनारीका झिनामसिना अङ्ग कति
होलान् ! सोहीबमोजिम लिङ्ग पहिरन चाहियो । यसमा सदैव पाश्र्वकक्ष पाइएला, र पाए पनि खालि पाइएला त ? हतारमा कुनै अङ्ग नभेटिएला वा एक अङ्ग नरको, अर्को नारीको भइदेला ! यस्तोमा दर्शकमाझ हाँसो पात्र बन्ने, स्वाभाविक होला त ?”
“मैले मानेँ ! तथापि बुझी राखे– हामी आपैmँ पनि दिन दुना रात चौगुना परिवर्तन र विकासव्रmममा गतिवान् छौँ । इमेलले गतिवेग देखाइसक्यो । ग्रहमा एक कुुनाको हाम्रो स्वर अर्को कुना कानमा तत्काल घन्किन्छ, सुनेकै छौँ । यसमा अर्को एक सानो फड्को कल्पना गर त ! ढुुक्क होऊ, भोलि मानव एक ग्रहबाट अर्कोमा तत्काल मुल्किन सक्ने छन् ! यस्तोमा लिङ्ग परिवर्तन सामान्य दैनिकी बन्ने छ र अङ्गधारण चटकसरि सहज । तात्पर्य, गतिवेगमा एक निर्लिङ्गले लिङ्ग आवरण र धारण गर्न माउसको एक क्लिक पर्याप्त होला ! धेरै लामो प्रतीक्षा नपर्ला । अनि हामी चाहिँ त्यहाँ मनचिन्ते माउस हौँ ! नरलाई नारी, नारीलाई नर, बिहान नर, अपराह्न नारी र यस्तै यस्तै मायावी अवतार बनाऔँला र मानवलाई सघाऔँला । मनमा राख, यो सामाजिक सुुख समृद्धिमा तगारो हैन, स्वर्ग उक्लिने लिस्नो हो !”
गुगल विश्वस्त भएर हाँस्यो,
“बरु, मानवले भोक, निद्रा र विश्राम केही फिव्रmी नगरून्, प्रति निमेष हामीमै लट्ठिऊन् !”
नवजात निर्लिङ्ग मानवका मार्गचित्रमा दुवै सन्तुष्ट थिए । अनि दुवैले हातमा मदिराको गिलास उठाए, र भने– चियर्स !