• २९ वैशाख २०८२, सोमबार

सौँराइ (कथा)

blog

मन उतै थियो, जहाँ किशोरवय बित्यो । हरेक पाइला सर्दै थिए पैतालाले नापे जति, आँखाले देखे जति, हातले मुसारे जति । सम्झनाका तरेलीले मनको धित नमर्दै अचानक गम्बिरे स्मरणमा आयो । गम्बिरेको यादले मनलाई थप उद्वेलित ग¥यो । दाहिने हातले घुम्ती दूरभाषयन्त्रको सहायताले गम्बिरेको मुहार पुस्तिकाको परिचय खोतल्न थाल्यो । गम्बिरे नामका सयौँ मानिस भेटिए । तस्बिर राखिएकाहरूको मुहार हे¥यो, अहँ गम्बिरेको अनुहारसँग मिल्ने कोही भेटिएन । तस्बिरविहीन प्रोफाइल खोतल्दा पनि गम्बिरेको भने डिजिटल दुनियाँमा कतै नामोनिसान भेटिएन । न गम्बिरे भेटिन्छ न गम्बिरेको याद हराउँछ । गम्बिरेको सौँराइले सतायो । 

गम्बिरेको परिवारबाट पत्ता लाग्यो । उसको फेसबुक आइडी छैन रे । उसकी अर्धाङ्गिनीको आइडीमार्फत ऊ भेटिने कुराको पक्कापक्की भयो । अर्धाङ्गिनी स्वेताको आइडीबाट ऊसँग पुग्ने मनसायले सम्पर्क अघि बढायो । अन्ततः गम्बिरे सम्म पुग्ने रहर पूरा भयो सिउरेको । गम्बिरे भने छक्क पर्‍यो । चालिस वर्षपछि एकाएक अचानक सिउरेको भिडियो कलले । दुवैको अनुहार हेराहेर देखादेख भयो घुम्ती दूरभाष यन्त्रको सहायताले । सायद दुवै जनाको मस्तिष्कले स्मृतितर्फ धकेल्ने रसायन उत्पादन ग-यो । बोली फुट्न अलि असहज भयो । दुवै जना स्मृतिमा बगे, डुबे, हराए । वातावरण मौन बन्यो । नयनहरू प्रेमिल । आँखाहरूले अलिकति आँखीरस निकाले परेला भिज्ने गरी तर तरर बगेनन् । डाको निस्किएको होइन । सायद छोरा मान्छेले रुन नहुने कुरा बुझ्यो मनले र लुकाउन सफल भयो आँखीरसहरूलाई बग्नबाट । आँखीरसको आगमन र मात्रा दुवै जनाबाहेक अरू कसैले थाहा पाउन सकेनन् ।

सिउरे नै अघि बढ्यो र भन्यो, “निकाइ छओक्या ?” उताबाट पनि बोली फुट्यो, “निकाइछाँै, तमी कसा छओ ? किन फोन गरेको, केही काम थियो कि ? भन्ने जस्ता प्रश्न उताबाट आएनन् । यताबाट पनि के, कसरी, किन जस्ता कुनै औपचारिकताका संवाद भएन । सिधा सिधा उतै बचपनतिर गइयो सौँराइ मेट्न । काँकडजामाको समथर भूमिमा थोत्रा कपडाको भकुन्डो बनाएर खेलेको । जामा खोलामा अर्धनग्न अवस्थामा डम्म (तलाउ) मा खेलेर बाउत (पौडी) हानेको, डम्म खेल्दाखेल्दै कट्टु लुकाइदिएको । ढाकुको गाउँमा स्कुलको नजिकै गोठको माथिल्लो तलामा डेरा गरी बस्दा चाँडै सुत्नेको कोइला कुटेर जुँघादाह्री बनाइदिएको । फलाडाँडाको चिप्लो ढुङ्गामा सरर चिप्लिएको । स्कुलमा कसैसँग झगडा हुँदा एक भएर लडेको । बर्खामा मुटखालमा रातोमाटोमा चिप्लेँटी खेलेको । आपूmहरूबिच कहिल्यै मनमुटाव नभएको बालदेखि किशोरसम्मका यादहरू छचल्किए सौँराइ मेट्न । लेखनपढन, घाँसपात, गोरुगोठालो सबै थोकको बहुसम्झनाले एक घण्टा तिस मिनेट गएको पत्तै भएन । खुत्रुक्कै हिँड्यो स्मृतिमा । विस्मृतिमा सेभ भएर रहेका यादका फोल्डर र फाइल आपैmँ खुल्न थाले बिनापासवर्ड, बिनालगइन, फटाफट एकपछि अर्को होइन सँगसँगै । संवाद खप्टिन थाल्यो तछाड मछाड भएर । यादहरूमा डुब्दै र समेट्दै संवाद टुङ्ग्यो निरन्तरता दिने सर्तमा । समय तालिका मिलाइयो संवादका लागि ।

उता के भो थाहा छैन । यता भने सिउरेले सम्झ्यो कति जना बच्चा होलान् ? के गर्दै होलान् ? बसाइँ हैदराबादको कुन ठाउँमा होला जस्तो समान्य औपचारिकताका घरायसी कुराहसमेत संवादमा नसमेटिएकाले पछुतो मान्न थाल्यो । झन्डै पच्चिस वर्ष अगाडि हैदराबादको हिमायतनगरमा भेटेको साते (साथी) पक्कै पनि उतै हिमायतनगरतिर होला भन्ने विश्वासमा निद्रेणीदेवीको सरणमा गएको पत्तै भएन ।

भोलिपल्ट बेलुका तालिकाबमोजिम एक सेकेन्ड पनि फरक नपर्ने गरी उताबाट बज्यो घण्टी गम्बिरेको । गम्बिरेको घण्टीले उत्साहित हुँदै उसले हरियो भागमा थिच्यो दूरभाष यन्त्र– आइफोनको । झल्ल उही अनुहार देखा प-यो । सिउरेको ध्यान बल्ल पो उसको अनुहारमा प¥यो । अनुहार जस्ताको तस्तै उस्तै दुब्लो, गहुँ गोरो वर्णको अलिकति चाउरी भने पर्न लागिसकेका रेहछन् । आँखाका छेउतिरका मुजा प्रस्ट देखिए । गम्बिरेको दुब्लोपनमा भने कुनै फरक पाएन । आफ्नो अनुहारतिर फक्र्यो । मोटाएको अनुहारमा परिवर्तन पायो । गम्म फुले जस्तो देख्यो आपँैmलाई । उताबाट पनि उस्तै प्रतिव्रिmया आयो, “तमी त फरक छओ त उइल्या भन्ना मोटाका मोटाघाटा, म त उस्ता उस्तै छु । चिन्ता सुर्ता त केही छैन, भगवान्का प्रतापले सबै थोक पुगेकै छ तर मोटाउन भने सकेइँन । केरागेटी पनि आफू हरिखाने भइसक्या छन् तै पन मेरा हडौडो (शरीरमा) मासुको फिड्को (टुव्रmा ) लाग्दैन ।”

गम्बिरेको झर्रा मातृ बोलीले सिउरेको हृदय छोयो । बाल सखाको उस्तै हृदय छुने बोलीप्रति ऊ नतमस्तक भयो । अब भने सिउरे औपचारिकतातिर लाग्यो । सोध्यो छोराछोरी कति छन् ? गम्बिरेले उत्तर फर्कायो, “दुई छोरी एक छोरा” । सिउरेले थप प्रश्न ग-यो कति पढेका छन्, के गर्दै छन् ? गम्बिरेले जबाफ फर्कायो, “जेठी छोरीले ग्य्राजुएसन सकेर काम गर्न थालेको चार बर्ख भयो । उइको कमाइ राम्णो छ । प्राइभेट कम्पनीमा हो । हैदराबादमै पोस्टिङ छ । अर्की छोरीले पनि ग्य्राजुएसन सकेर यता मुम्बईतिर काम गर्दै छ । प्राइभेट कम्पनीमा उइको पनि निको छ । बस्न हामीसँगै बस्छ । छोरो कान्छो हो । ऊ स्कुलको पढाइ सकेर ब्याचलर पढ्दै काम गर्दै छ । ऊ पनि आफ्नो खर्चपानी आपैmँ चलाउँछ । उसको खर्चपानी चलेर उब्रेको हामीलाई दिन्छ । हामी बुढाबुढी दुवैको पनि आफ्नो कमाइ छनाइछ । दुःखपिर केही छैन । सबै निकाइछु । छोरीको ब्या हन्ने बेला भयो नेपाली केटालाई ब्याहरी दियाभए नेपालको माया मान्ना हुन् । उतै गाउँघरतिर पनि जाना हुन् । मातृभूमिलाई पसन्द गरेको भए मन हलुको हुनेछियो तर मान्दै मान्दैनन् । यतै देशीसँग ब्या भयो भने यतै हराउँछन् कि भन्ने पिर मात्तै हो । अरू पिर केही छैन ।” उसको बोलीमा मातृभूमिको अगाध सौँराइको भावना समिटिएको थियो ।

गम्बिरेको एकोहोरो सूचना सम्प्रेषणप्रति सिउरे ध्यानमग्न भएर सुनेको सुन्यै थियो । सिउरेले फेरि प्रश्न ग-यो, “तमी त हैदराबाद छिया बम्मै कइले गया होओ ।” गम्बिरेले भन्यो, “हामी बम्मै आएको बिस साल भयो । छोरीको नौकरी उतै पोस्टिङ भयो । गल्र्स होस्टेलमा बस्छ । हामी एक छोरी र एक छोरासँग बम्मै उल्लासनगरमा बस्छौ ।”

पालो थियो गम्बिरेको उसले सोध्यो “तम्रा छोराछोरी कति छन् ? काँ छन् ?” सिउरेले उत्तर दियो, “मेरा दुई वटा छोरा छन् । दुवै अमेरिकामा पढ्दै छन्” । सिउरेले न सोध्दै गम्बिरेले थप जानकारी दिन चाह्यो, “मेरा पन अम्रिका जान खोज्दै छन् । हामीले जान हुँदैन भनेर फकाउँदै छौँ । जेठी छोरी भने उसको अफिसको कामले कता अस्ट्रेलिया, कतार, दुवैतिर बेला बेला जान्छ । आउँछ । ऊ ठुला कम्पनीमा काम गर्छ । ठुला कम्पनीले नै यतैको पासपोर्ट बनाइदियो । ह्याँ भारतमा त्याँका जसो अप्ठ्यारो नाइँ, यतै पढेर दस क्लास पास गरेको छ भने बिनाझन्झट पासपोर्ट बनाइदिन्छ । सजिलो छ । केरागेटी ह्यइँ निको मान्न लागे । हाम्रो मन त गाउँ जाने हो । यिनको मन मान्दैन ।

मेरा मात्र कहाँ हुन् र हाम्रा गाउँका मानिसहरू सबैका यतैका नागरिकता छन् । यतैबाट पासपोर्ट बनाएर अमेरिका युरोप कता हो कता, फटाफट जान थालिसके । नेपालमा गयो भने यिनीहरूले बोली भाषा केही बुझ्दैनन् । नागरिकता बनाउन पनि कति झन्झट छ । यिनको बोली सुनेपछि देशीका छोराछोरी जस्ता ठान्न थाले । त्यसैले बच्चाहरू फर्काउन साह्रै गाह्रो छ हामीलाई । आफ्ना गाउँतिर रोजीरोटी पाइने भए हामी के आउँथ्यौँ आफ्नो थातथलो छोडी । त्यत्ति हो हामीले चौकीदारी गरेर जीवनको गुजारा चलायौँ । हाम्रो बच्चाले त्यस्तो नौकरी खानु पर्दैन, त्यसैमा खुसी छौ ।”

“हामीले त बुढेसकालमा आप्नाई देश जाने भनेर कैलालीको लम्कीमा दुई ठाउँमा घडेरी र एक ठाउँमा भातखाने खेत किनेका छाँै । सकुन्जेल ह्याँ नोकरी हन्ने हो, नसकेपछि कैलालीमा हलो जोत्न त सकिएला जस्तो छैन । एक नान्नानु (सानो) पसल खोलेर दिन काट्ने योजना छ,” गम्बिरेले भन्यो । संवादसँगै समयले नेटो काट्यो । सुत्ने बेला भयो । कति समय गफियौँ अभिलेख भने राखिएन ।

सिउरे ओछ्यानमा पल्टियो । निद्राले उसलाई पछ्याएन । गम्बिरेका कुराहरूलाई गम्भीर रूपमा लियो । सोचमग्न भयो । गम्बिरे तनावमुक्त थियो । खुसी थियो । छोराछोरी विदेशी नै हुने भए, आफ्नो गाउँघर नफर्कने भए भन्ने मात्र पिर थियो । गम्बिरेका लागि गाउँ आफ्नो थियो किनभने पैतालाहरूले रुखदेखि दुःखसम्म सम्झेका । आँखाले भूगोलको तस्बिर खिचेर सजाएका थिए । हत्केलाहरूले लेकबेँसी मुसारेका थिए ।

उतै भारततिरै जन्मेका छोराछोरीका लागि त नेपाल मातृभूमि नभएर पितृभूमि भइसकेको थियो । उनीहरू कहाँ जन्मे, कहाँ हुर्के, कोसँग सङ्गत गरे ? उनीहरूका पनि त बाल दौँतरीहरू होलान् जसरी सिउरे र गम्बिरे बाल दौँतरी थिए । उनीहरूले जन्मभूमिमै कर्मभूमिको बास्ना भेटाए । गम्बिरे पो उसको जन्मभूमिले कर्मको खेती गर्ने अवसर नदिएकाले कर्म गर्न गएको थियो । कर्म गर्दागर्दै उतै जन्मेका बच्चाहरूको जन्मभूमि र गम्बिरेको जन्मभूमि कसरी एउटै हुन सक्छ । सिउरेको दिमागमा गम्भिर प्रश्न उब्ज्यो । जो जहाँ जन्म्यो हुक्र्यो, त्यहीँको सौँराइ लाग्ने त हो नि जस्तो भयो सिउरेलाई । सौँराइ लागेर मात्र कहाँ हुन्छ र ? सौँराइले पेट भर्दैन । पेट भर्न काम चाहियो ।

ओछ्यानमै औँला गनेर हिसाब गर्न थाल्यो सिउरे । २५२ घरधुरी भएको गाउँमा जम्माजम्मी ११ जनाले नेपालमा रोजगारी पाएका रहेछन् । अरू सबै भारतमै आश्रित देख्यो । कृषिमा आश्रित गाउँमा जम्माजम्मी छ महिना दुःख गरेर पनि दुई छाक मुस्किलले खान पुग्ने ठाउँमा बसेका भए के त्यो प्रगति सम्भव थियो त ! अहँ थिएन । त्यसो भए मानिसहरू बसिराख्छन् त भोको पेटमा मातृभूमि भनेर ! सौँराइ मानेर । उसका मनमा अनेक प्रश्न थपिँदै गए । जिम्मेवार को, कसको कारण, किन मानिस बस्न सकेनन् ? रोजगारी कसरी निर्माण गर्न सकिएला ? रोजगारी निर्माणमा सरकार कहाँनेर चुक्यो ? को कोबाट गल्ती भयो ? अब यसबाट पार पाउन के गर्ने होला आदि आदि ।

छिमेकी देशको आर्थिक समृद्धिको पछ्यौरीले सप्को मारेपछि मानिस उतै बस्नुलाई अन्यथा कसरी मान्नु जस्तो लाग्यो सिउरेलाई । सोच्दासोच्दै ओछ्यानमा औडाहा भयो । अन्तरमनको द्वन्द्वमा फस्यो । निद्रा पटक्क लागेन । रातभर अनिदोमा कट्यो । अनिदोमै कामतिर लाग्यो । काम पनि सन्तोषजनक गर्न सकेन । निर्धारण गरेको लक्ष्य टाढाको क्षितिज जसलाई पछ्याउन ऊ चालिस वर्षदेखि अनेक सङ्घर्ष गरिरहेको थियो । पुग्ने सम्भावना कम थियो । उता गम्बिरे भने निर्धारित लक्ष्यभन्दा बढी प्रगति गरेकाले राम्ररी सुतेको खबर भोलिपल्ट आयो ।