• २३ असार २०८१, आइतबार

'मनमा पिर' बोलको गीत सार्वजनिक

blog

काठमाडौं, जेठ २६ गते । रामजी खाँड र प्रविशा अधिकारीकाे स्वर रहेको 'मनमा पिर'बोलको गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘नमस्ते प्लस’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

गीतको शब्द रामकान्त न्यौपानेले कोर्नुभएको हो भने गीतमा संगीत बादल घिमिरेको र विशाल निरौलाको एरेन्ज छ। विक्रम चौहानको कथा एवं निर्देशनमा तयार भिडियोमा बादल घिमिरे र प्रियना आचार्यले अभिनय रहेको छ ।

भिडियोले सामाजिक कथा प्रस्तुत गरेको मोडल घिमिरे बताउनुहुन्छ । उहाँले स्रोता दर्शकबाट गीतलाई लिएर राम्रो प्रतिक्रिया मिलिरहेकोसमेत बताउनुभयो । ‘गीत ट्रेन्डिङमा पनि अगाडि आईरहेको छ । भ्युज पनि राम्रो गईरहेको छ’ गीतको प्रारम्भिक प्रतिक्रियाबारे उहाँले भन्नुभयो ‘रेस्पोन्स पनि सबैले राम्रो दिनुभएको छ ।’

प्रकाश खड्काले छायाँकन गर्नुभएको भिडियोमा सागर भण्डारी र पुष्पलता भट्टराई लगायतको समेत अभिनय छ । 

यस्तै, भिडियोमा मिलन विश्वकर्माले सम्पादन गर्नुभएको हो ।