• २२ वैशाख २०८२, सोमबार

गोरखापत्र संस्थान परिसर सरसफाइ

blog

गोरखापत्र संस्थानको प्रधान कार्यालय धर्मपथ काठमाडौँमा सरसफाइ गरिँदै । तस्बिर : गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख २२ गते । गोरखापत्र प्रकाशनको १२५ औं वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६३ औं वार्षिकोत्सवमा गोरखापत्रको प्रधान कार्यालय धर्मपथ परिसरमा सरसफाइ गरिएको छ । 

संस्थानमा कार्यरत पत्रकार तथा कर्मचारीले गोरखापत्रका  तालुकदार (सञ्चालक) जयपृथ्वीबहादुर सिंहको अर्धकदकाे सालिकदेखि संस्थान परिसरको सरसफाइ गर्नुभएको हो । 

सफाइ अभियानमा प्रकाशन प्रमुख, विभागीय प्रमुख तथा अन्य कर्मचारीको सहभागिता रह्यो । 

वि.सं १९५८ वैशाख २४ गते साप्ताहिकरूपमा प्रकाशन सुरु भएको गोरखापत्र यही वैशाख २४ गतेबाट १२५ वर्षमा प्रवेश गर्दैछ । वैशाख २४ गते विशेष समारोहको आयोजना गरिँदै छ भने वैशाख २१ गते संस्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।