गोरखापत्र अनलाइन
काठमाडौँ, वैशाख २१ गते । गोरखापत्र प्रकाशनको १२५ औं वर्ष प्रवेश र गोरखापत्र संस्थानको ६३ औं वार्षिकोत्सव र विश्वस प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार संस्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ, गोरखापत्र प्रतिष्ठान शाखाको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा यो समाचार तयार गर्दासम्म ३२ जनाले रक्तदान गर्नुभएको छ । रक्तदान गर्नेहरूमा कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी, सञ्चालक समिति सदस्य लक्की चौधरी, सल्लाहकार सम्पादक उपेश महर्जन, प्रशासन निमित्त निर्देशक रेखादेवी श्रेष्ठ, पत्रकार तथा कर्मचारीहरु प्रमोद टण्डन, रवि घिमिरे, गिरिराज चौधरी, राजेन्द्रप्रसाद उपाध्याय, सर्मिला गेलाल सापकोटाले रक्तदान गर्नुभयो ।
त्यस्तै, रक्तदान गर्नेहरूमा विष्णुदेवी कर्मचार्य, हिमाल जिसी, अनिल तामाङ, रामराजा श्रेष्ठ, प्रेमबहादुर पराजुली, रिन्कु झा, दीपक श्रेष्ठ, रमेश तामाङ, राम श्रेष्ठ, भगिरथ बस्नेत, गीता सापकोटा, अमिरमैया रञ्जित, नारायण ढुङ्गाना, सरोज शर्मा, रूपचन्द्र भट्ट, तुलसीहरि कोइराला, प्रकृति अधिकारी, मनोजरत्न शाही, लक्ष्मण काफ्ले, विल्डिशन सोनी, विनु श्रेष्ठ, निलिमा अधिकारी लगायतले रक्तदान गर्नुभयो ।
गोरखापत्र संस्थानले एक सातासम्म वार्षिकोत्सव कार्यक्रम आयोजना गर्ने जनाएको छ । २४ गते मूल कार्यक्रम आयोजना हुने छ ।