• १२ असार २०८१, बुधबार

रेसुङ्गामा कार्यपालिका सदस्यको शपथ

blog

शपथ ग्रहण गर्दै रेसुंगा नगरकार्यपालिकामा निर्वाचित सदस्य । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 

गुल्मी जेठ २५ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार रेसुङ्गा नगरपालिकाको सभाहलमा नगरप्रमुख खिलध्वज पन्थीले कार्यपालिका सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । 

शपथ ग्रहणपछि कार्यपालिका सदस्यलाई नगरप्रमुख पन्थीले आम नागरिकको पीर र मर्का बुझेर काम गर्न आग्रह गर्नुभयो । खाली समयमा पनि नगरपालिकालाई कसरी समृद्ध बनाउन सकिन्छ ? भनेर सोचेर बस्न आग्रह गर्दै रचनात्मक सुझाव आफूहरुलाई दिन पनि आग्रह गर्नुभयो । 

नगरबासीको अभिभावकत्व आफूले ग्रहण गरेको उल्लेख गर्दै नगरप्रमुख पन्थीले पुरातनवादी चिन्तले विकास अगाडि बढ्न नसक्नेसमेत उल्लेख गर्नुभयो। नगरप्रमुख पन्थीले जनमतलाई नबिर्सिएर काम गर्न पनि आग्रह गर्नुभयो । 

नगरकार्यपालिकाको महिला/दलित वा अल्पसङ्ख्यक सदस्य पदको निर्वाचनमा नेपाली कांग्रेसबाहेक अन्य राजनीतिक दलबाट उम्मेदवारी नपरेपछि उम्मेदवारी दिएका उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार यमबहादुर विश्वकर्मा, बालकृष्ण बराल, सीता विश्वकर्मा, पुष्पा पन्थी, कमला धुरेल, शोभ नेपाली, मनीषा खत्री र सावित्रा श्रेष्ठ निर्वाचित हुनभएको हो ।