• १० वैशाख २०८२, बुधबार

परराष्ट्रमन्त्रीद्वारा कश्मिरमा भएको आतंककारी हमलाप्रति दुःख व्यक्त

blog

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा

काठमाडौँ, वैशाख १० गते । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलाप्रति दुःख व्यक्त गर्नुभएको छ । मन्त्री डा. राणाले सो क्रुर हमलाबाट आफू अत्यन्त दुःखी र मर्माहत भएको बताउनुभएको छ ।

यो पनि पढ्नुहोस

जम्मु–कश्मीरमा बन्दुकधारीको आक्रमणमा २४ पर्यटक मारिए

मन्त्री डा. राणाले सो अमानवीय कार्यको कडा शब्दमा निन्दा गर्दै यो कठिन समयमा पीडित र उनीहरुका परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनतासँग नेपाल दृढ एकताका साथ उभिएको पनि बताउनुभयो ।

यस दर्दनाक घटनामा नेपाली समेत परेको भन्ने बारेमा समाचार आएकाले यस विषयमा अनुसन्धान भइरहेको र थप विवरण प्राप्त भएपछि जानकारी गराइने पनि मन्त्री डा राणाले बताउनुभएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको उक्त आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छभने अन्य १० जना घाइते भएका छन् ।