काठमाडौँ, वैशाख १० गते । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रूपियाँ ०१ पैसा र बिक्रीदर १३६ रूपियाँ ६१ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५६ रूपियाँ २३ पैसा र बिक्रीदर १५६ रूपियाँ ९२ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपियाँ ९१ पैसा र बिक्रीदर १८२ रूपियाँ ७२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६७ रूपियाँ ५८ पैसा र बिक्रीदर १६८ रूपियाँ ३२ पैसा कायम गरिएको जनाएको छ ।
यस्तै,अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपियाँ ०५ पैसा र बिक्रीदर ८७ रूपियाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपियाँ ३१ पैसा र बिक्रीदर ९८ रूपियाँ ७४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपियाँ र बिक्रीदर १०४ रूपियाँ ४६ पैसा निर्धारण गरिएको छ ।
त्यस्तै, जापानी येन १० को खरिददर नौ रूपियाँ ७० पैसा र बिक्रीदर नौ रूपियाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपियाँ ६० पैसा र बिक्रीदर १८ रूपियाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ २६ पैसा र बिक्रीदर ३६ रूपियाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ३१ पैसा र बिक्रीदर ३७ रूपियाँ ४७ पैसा तोकिएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ ०९ पैसा र बिक्रीदर चार रूपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ ०३ पैसा र बिक्रीदर ३७ रूपियाँ १९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपियाँ ९७ पैसा र बिक्रीदर ३१ रूपियाँ ११ पैसा निर्धारण भएको छ ।
यसैगरी, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपियाँ ५४ पैसा र बिक्रीदर नौ रूपियाँ ५९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रूपियाँ २८ पैसा र बिक्रीदर १४ रूपियाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपियाँ ९३ पैसा र बिक्रीदर २१ रूपियाँ ०२ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपियाँ ५३ पैसा र बिक्रीदर १७ रूपियाँ ६१ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रूपियाँ ८६ पैसा र बिक्रीदर ४४६ रूपियाँ ८२ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रूपियाँ ८९ पैसा र बिक्रीदर ३६२ रूपियाँ ४८ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रूपियाँ २३ पैसा र बिक्रीदर ३५४ रूपियाँ ७९ पैसा रहेको छ । यस्तै, केन्द्रीय बैंकले भारतीय रूपियाँ १०० को खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस