कसरी रिझाऊँ तिम्लाई मेरो मात्र हुने गरी ।
कस्तो गीत लेखौँ म तिम्रो मन छुने गरी ।
हिमाल झैँ फैलिएको मेरो माया तिम्लाई
सागर झैँ गहिरिएको मेरो वाचा तिम्लाई
कसरी बोलाऊँ तिम्लाई झल्को सधँै आउने गरी
कस्तो गीत लेखौँ म तिम्रो मन छुने गरी ।
पाखाभित्र तिम्रो माया, मेरै गीत जस्तो
मेरो माया तिमीलाई संसार पाएँ जस्तो
तयार हुन मन गर मेरो माला लाउने गरी
कस्तो गीत लेखौँ म तिम्रो मन छुने गरी ।