• ३ वैशाख २०८२, बुधबार

त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई

blog

प्रा.डा. खड्ग केसी

काठमाडौँ, वैशाख २ गते । प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई बढीमा तीन महिनाका लागि जिम्मेवारी दिनुुभएको छ ।

पदपूर्ति नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा २१ (ख) बमोजिम कुलपति ओलीको गत चैत ३१ गतेको निर्णयानुसार केसीलाई उक्त जिम्मेवारी तोकिएको हो । 

विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले दिनुभएको राजीनामा गत चैत २८ गते स्वीकृत भएको थियो ।