• ७ जेठ २०८१, सोमबार

फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी संशोधन विधेयक पारित

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ २३ गते । प्रतिनिधि सभाबाट फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ सर्वसम्मतिले पारित भएको छ ।

सभामुखले ‘‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा पेश भएको उक्त प्रस्तावमा भएको छलफलपछि निर्णयार्थ पेश गरिएको थियो ।

सभामुखले निर्णयर्थ पेश गर्दा प्रस्तावको विपक्षमा कुनै सांसदले हुँदैन नभनेपछि प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द्रप्रसाद शर्मा (कोइराला)ले छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो ।