• २० चैत २०८१, बुधबार

पत्रकार महासङ्घ धनुषाले बुझायाे प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

blog

जनकपुरधामस्थित पत्रकारमहसंघ धनुषा शाखाले प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयालाई ज्ञापनपत्र बुझाउँदै । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, चैत १८ गते । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले पत्रकारको योजनाबद्ध हत्या, सञ्चारगृह तथा पत्रकारमाथि भएका आक्रमण र आगजनीको विरोध गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आह्वानमा सोमबार महासङ्घ धनुषा शाखाका अध्यक्ष पुरन गुप्तासहितको टोलीले धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयालाई सो पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा प्रमुख जिल्ला अधिकार मार्फत नेपाल सरकार समक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अुसन्धान, गरी हत्यामा संलग्न सबैलाई  फौजदारी अभियोगमा कारवाही गर्न तथा पत्रकारका परिवारलाई क्षतिपूर्ति दिन, मृतक पत्रकारको परिवारलाई रोजगारीको र सन्तानको शिक्षाको प्रबन्ध  मिलाउन माग गरेको छ । 

साथै सञ्चारकर्मी र सञ्चारगृहमाथि आत्र,मण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन, क्षति पुर्‍याएका सञ्चारगृह तथा सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्ति र घाइते पत्रकारको उपचारको व्यवस्था मिलाउन जोडदार माग गरेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कडरीयाले पत्रकारको सुरक्षालाई गम्भीरताका साथ लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पत्रकार महासङ्घ धनुषाले पछिल्लो समय पत्रकार तथा सञ्चारगृहमाथि भएका आक्रमणको भर्सना गर्दै यस्ता घटना दोहोरिन नदिन राज्य जिम्मेवार बन्नुपर्ने उल्लेख गरेको छ । साथै सातादिनभित्र माग सम्बोधन नभए सरकार विरुद्ध देशव्यापी आन्दोलनमा गर्ने महासंघले जनाएको छ ।

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा वरिष्ठ पत्रकार विश्वमणी ९बिएम० खनाल, महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, महिला उपाध्यक्ष ज्योति झा, धनुषाका उपाध्यक्ष अवधेश कामत, सचिव बटुनाथ झालगायत प्रदेशका सदस्य तथा पदाधिकारी र जिल्लाका सदस्य तथा पदाधिकरीहरुको उपस्थिति रहेको थियो ।

सोही दिन पत्रकार महासंघ मधेश प्रदेश कमिटिले प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह समक्ष पनि ध्यानाकर्षण पत्र बुझाउने जनाएको छ ।