• १६ चैत २०८१, शनिबार

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौं, चैत १२ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ आज घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपियाँ ७२ पैसा र बिक्रीदर १३७ रूपियाँ ३२ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १४८ रूपियाँ २८ पैसा र बिक्रीदर १४८ रूपियाँ ९३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रूपियाँ १६ पैसा र बिक्रीदर १७७ रूपियाँ ९४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५५ रूपियाँ १८ पैसा र बिक्रीदर १५५ रूपियाँ ८६ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८६ रूपियाँ ११ पैसा र बिक्रीदर ८६ रूपियाँ ४९, क्यानेडियन डलर एकको खरिददर ९५ रूपियाँ ४९ पैसा र बिक्रीदर ९५ रूपियाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपियाँ २७ पैसा र बिक्रीदर १०२ रूपियाँ ७२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपियाँ १३ पैसा र बिक्रीदर नौ रूपियाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपियाँ ८५ पैसा र बिक्रीदर १८ रूपियाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ४५ पैसा र बिक्रीदर ३६ रूपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपियाँ ५१ पैसा र बिक्रीदर ३७ रूपियाँ ६७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ ०४ पैसा र बिक्रीदर चार रूपियाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ २२ पैसा र बिक्रीदर ३७ रूपियाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपियाँ ८३ पैसा र बिक्रीदर ३० रूपियाँ ९७ पैसा निर्धारण भएको छ ।

त्यस्तै, साउथ कोरियन वन १०० को खरिददर नौ रूपियाँ ३२ पैसा र बिक्रीदर नौ रूपियाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रूपियाँ ५३ पैसा र बिक्रीदर १३ रूपियाँ ५९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपियाँ ८८ पैसा र बिक्रीदर १९ रूपियाँ ९७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रूपियाँ ५९ पैसा र बिक्रीदर १७ रूपियाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४४३ रूपियाँ ५५ पैसा र बिक्रीदर ४४५ रूपियाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रूपियाँ ६९ पैसा र बिक्रीदर ३६४ रूपियाँ २८ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रूपियाँ १८ पैसा र बिक्रीदर ३५६ रूपियाँ ७४ पैसा निर्धारण गरिएको छ । भारतीय रूपियाँ १०० को खरिददर १६० रूपियाँ र बिक्रीदर १६० रूपियाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुला बजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस