काठमाडौं, चैत १० गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पार्टी सदस्यता नवीकरण सम्बन्धमा छलफल हुने बताइएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा समसामयिक राजनीति, पार्टी सदस्यता नवीकरण, आगामी कार्यक्रम तय गर्ने लगायतका विषयमा छलफल हुनेछ ।
उहाँले भन्नुभयो, “नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे बस्छ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुन्छ । पार्टी सदस्यता नवीकरण सम्बन्धमा कहाँ पुग्यो भनेर पनि हो । र आगामी देशैभर कार्यक्रम रहेको छ, यसको समिक्षा हुन्छ ।”