• ११ चैत २०८१, सोमबार

शान्ति निकुञ्जका पूर्व विद्यार्थी सम्मानित

blog

सम्मानित पूर्व विद्यार्थीका साथमा कार्यक्रममा उपस्थिति अतिथि र आयोजक। तस्बिरः अमिर मैया रञ्जित

काठमाडौँ, चैत ९ गते। शान्ति निकुञ्ज माध्यामिक विद्यालयका पूर्व विद्यार्थी सम्मानित भएका छन्। शान्ति निकुञ्ज मावि पूर्व विद्यार्थी संघको २८ औँ स्थापना दिवसको अवसरमा पूर्व विद्यार्थी सम्मानित भएका हुन्। 

कार्यक्रममा वि.स. २०१८ र ०१९ सालको एसएलसी ब्याचका १७ जना विद्यार्थी सम्मानित भएका हुन्। पूर्व विद्यार्थीलाई प्रमुख आतिथि संस्थापक उपाध्यक्ष शिवबहादुर नेपाली प्रधान, विशेष अतिथि डा. विश्वराज दली र त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति हिराबहादुर महर्जनले दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गर्नुभएको हो। 

कार्यक्रममा विद्यालयका विद्यार्थीले नृत्यु प्रस्तुत गरेका थिए। शान्ति निकुञ्ज माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा काठमाडौं महानगरपालिका–२० वडाध्यक्ष राजेन्द्र मानन्धरले महानगरको सहकार्यमा विद्यालयलाई स्तरीय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानाध्यापक राधेश्याम प्रधानले विद्यालयमा प्लस टु कक्षा संचालन गर्न सबैको सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो। 

कार्यक्रम पूर्व विद्यार्थी संघका अध्यक्ष अनिता मानन्धरको अध्यक्षतामा सम्पन्न भएको थियो।