• ४ वैशाख २०८२, बिहिबार

गोरखापत्रकर्मी शाहीलाई फोटो पत्रकारिता पुरस्कार

blog

गोरखापत्रकर्मी मनोजरत्न शाहीलाई बाबुराजा फोटो पत्रकारिता पुरस्कार प्रदान गर्नुहुँदै बागमती प्रदेशका श्रम, रोजगार तथा यातयातमन्त्री प्रेमभक्त महर्जन । तस्बिरः रत्न श्रेष्ठ

काठमाडौँ, चैत ९ गते। गोरखापत्रकर्मी मनोजरत्न शाही फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ। 

नेवाः पत्रकार राष्ट्रिय दबूको १३ औँ साधारण सभाको अवसरमा प्रदान गरिने बाबुराजा फोटोपत्रकारिता पुरस्कार–२०८१बाट सम्मानित हुनुभएको हो। यो पुरस्कार हरेक वर्ष नेपाल भाषा पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारलाई प्रदान गरिन्छ। 

२०५८ सालदेखि संचार क्षेत्रमा सक्रिय शाही नेपालभाषा पत्रकारिता र फोटो पत्रकारितामा सक्रिय हुनुहुन्छ। सोही अवसरमा नेपाल भाषा पत्रकारिता क्षेत्रमा विशेष योगदान दिने फोटो पत्रकार शाहीसहित ६ जना सम्मानित हुनुभएको छ। 

 ज्ञानदेवी मणि स्मृति पुरस्कारबाट नवीन जोशी, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी पुरस्कारबाट जुजुमान महर्जन, भिक्षुकुमार काश्यप स्मृति पत्रकारिताबाट पुरस्कार रामराजा बज्राचार्य, ज्ञानज्योति–लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कारबाट सुरेश सैजु र श्रीराम स्मृति पत्रकारिता पुरस्कारबाट निशा श्रेष्ठ सम्मानित हुनुभएको हो। 


कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका श्रम, रोजगार तथा यातयातमन्त्री प्रेमभक्त महर्जनले पुरस्कृत पत्रकारलाई सम्मानपत्र प्रदान गर्नुभयो।