• १९ चैत २०८१, मङ्गलबार

सेनाद्वारा माइस्थान मन्दिर हस्तान्तरण

blog

स्तरोन्नतिपछि इलामको माइस्थान मन्दिर धार्मिक विकास समितिलाई हस्तान्तरण गर्दै नेपाली सेना ।

कोकिला ढकाल

इलाम,  चैत ९ गते । इलामको ऐतिहासिक तथा पुुरानो माइस्थान धार्मिक विकास समितिलाई स्तरोन्नति गरी नेपाली सेनाले मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ  । 

नेपाली सेनाको इलामस्थित रणशार्दूल गणले माइस्थान धार्मिक विकास समितिलाई  हस्तान्तरण गरेको हो । पृथ्वीनारायण शाहका पालामा पूूर्वी सीमाना वियज गरेर गाडिएका निसान र त्यसबेला प्रयोग गरिएका तोपलाई संरक्षण गरी राखिएको माइस्थान मन्दिरको नेपाली सेनाले स्तरोन्नति गरेको हो । 

हस्तान्तरणका अवसरमा प्रितनापति पवनराज घिमिरेले नेपाली सेनासँग जोडिएको ऐतिहासिक सम्पदालाई स्तरोन्नति गर्न पाउँदा खुशी रहेको बताउनुुभयो । ‘इलामको प्राकृतिक तथा सांस्कृतिक सम्पदा, जस्ले इलामको सिङ्गो पर्यटनलाई सहयोग गरेको छ’ घिमिरेले भन्नुुभयो ‘आफ्नो इतिहास, धार्मिक परम्परालाई जीवन्त राख्न सक्नुुपर्छ, त्यसमा नेपाली सेना लागिपर्नेछ ।’ 

कार्यक्रममा इलामका इतिहासकार युद्धप्रसाद वैद्यले माइ सभ्यतालाई यो मन्दिरले जीवन्त राखेको बताउनुुभयो । प्यागोडा शैलीमा बनिएको यो मन्दिरमा माइखोलाबाट शिला ल्याएर राखिएको र यसको पूूजा गर्ने गरिएको वैद्यले बताउनुुभयो । इलामका भीमसेनस्थान, पञ्चकन्या, गजुमुखी, सिंहवाहिनी माइ सभ्यताभित्र पर्ने धार्मिक स्थलहरु रहेको वैद्यको भनाइ छ । 

‘इलाममा केही समस्या आए, अप्ठ्यारोमा परे माइस्थानमा पूूजा गर्ने प्रचलन छ’ वैद्यले भन्नुुभयो, ‘इलामको धार्मिक क्षेत्रमा माइस्थानले महत्वपूूर्ण स्थान राखेको छ ।’