साहारा लिम्बू
फुङलिङ, चैत ९ गते । ताप्लेजुङको फ"लबारीमा एक घरमा आगलागी हुँदा दुई लाख रुपियाँ बढीको क्षति भएको छ । आठराई त्रिबेणी गाउँपालिका –२, फ"लबारी चोकपुरस्थित स्थानीय अम्बर सेन्दाङको घरमा शुक्रबार आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो ।
ढुङ्गा, माटोले निर्मित फुसको छाना भएको एक तले मतान घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक (डिएसपी) रवि रावलले जानकारी दिनुभयो ।
सेन्दाङको घरमा बिगत ३ बर्षदेखि सोही ठाउँका लालबहादुर कालिकोटे बस्दै आउनुभएको थियो । घरमा कोही नभएको समयमा आरनबाट आगो सल्केर आगलागी भएको फ"लबारीका वडा अध्यक्ष टेकिन्द्र सेन्दाङले बताउनुभयो ।
तत्काल प्रहरी तथा स्थानीयको उपस्थितिले नजिकै रहेको घरमा आगलागी हुनबाट जोगाउन सफल भएको उहाँको भनाइ छ । सुख्खायाम सुरु हुनासाथ जिल्लामा आगलागीका घटनाहरू बढ्दो क्रममा छन्।