• २१ असार २०८१, शुक्रबार

वैदेशिक रोजगार बचतपत्र खुला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २० गते । नेपाल राष्ट्र बैङ्कले पाँच वर्ष समयावधि हुने ५० करोड रुपियाँको ‘वैदेशिक रोजगार बचतपत्र २०८४’ बिक्री खुला भएको छ । बचतपत्र आगामी असार ६ गतेसम्म बिक्री खुला हुने राष्ट्र बैङ्कले जनाएको छ । यो बचतपत्र निष्कासन यही असार १३ गते हुनेछ भने साँवा भुक्तानी २०८४ असार १३ गते हुनेछ । 

बचतपत्रमा देशबाहिर रोजगारीमा संलग्न तथा देशबाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैरआवसीय नेपाली आफूले वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोराछोरी)को नाममा खरिद गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ ।