काठमाडौँ, चैत ७ गते । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग फेरि नेपालमा हुने भएको छ ।
काभाले बिहीबार सार्वजनिक गरेको वार्षिक खेल तालिका अनुसार नेपालले लगातार दोस्रो पटक यस प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो ।
नेपाल भलिबल सङ्घको आयोजनामा काभा महिला नेसन्स लिग आगामी अक्टोबर ११ देखि १७ तारिखसम्म नेपालमा हुनेछ । नेपाल यस प्रतियोगिताको साविक उपविजेता हो । अघिल्लो संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
यस्तै तालिका अनुसार नेपालले काभा महिला च्याम्पियन्स लिग भलिबल पनि आयोजना गर्ने जिम्मेवारी पाएको छ । यस प्रतियोगिता आगामी डिसेम्बर ७ देखि १४ तारिखसम्म हुनेछ ।