• १९ चैत २०८१, मङ्गलबार

सिदिङ्वालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा

blog

सिदिङ्वा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेपछिको सामूहिक तस्बिर।

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत ६ गते। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। बुधबार कार्यक्रम आयोजना गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। 

गाउँपालिका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना), प्रमुख प्रशासकीय अधिकृत विकास विकसहितको सहभागिता रहेको कार्यक्रमकाबिच सिदिङ्वालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो। गाउँपालिकाका सात वटै वडामा रहेका १५ महिनाका शिशु तथा १६ देखि ५९ महिनाका बालबालिकालाई आवश्यक सबै खोप लगाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।

सिदिङ्वा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख प्रदीपकुमार शाहका अनुसार पालिकाभित्र ६४० जना लक्षित उमेरका शिशु तथा बालबालिकालाई खोप लगाइएको छ। खोप कार्यक्रम सम्पन्न भएसँगै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको शाखा प्रमुख शाहले जानकारी दिनुभयो। यसअघि प्रत्येक वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको थियो। 

यता गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रमका अवसरमा सबै स्वास्थ्य संस्थाका प्रमुख र स्वास्थ्य संस्थालाई सम्मानपत्र प्रदान गरिएको छ। पूर्ण खोप सुनिश्चित पालिका घोषणाका लागि सहयोग तथा योगदान पु¥याएको मूल्याङ्कन गरी स्वास्थ्यकर्मीलाई सम्मानपत्र र स्वास्थ्य संस्थालाई प्रमाणपत्र प्रदान गरिएको शाखा प्रमुख शाहले जानकारी दिनुभयो।